The Reality Poem
समकालीन कबिता अति भयो बन्द हड़ताल अति निस्कियो जुलुश
शिथिल भयौ हामीसबै, खंडित हुने भो मुलूक
लौन अब जागौ ,बाटो बनाऔ, जोतौ खेतबारी
सयौथरी जात धर्मका गोडौ फुलबारी
पाहड़ दुख्दा तराई रुन्छ तराई दुख्दा हिमाल
हामी सबै लड़ी मरे कस्को लागी नेपाल?
लौन अब मलम पट्टी बाधौ गरौ औषधि मुलो
ढिलो भैसक्यो अब त खनौ निकास को कुलों
बाईसे चौबिसे थियौ कुनै बेला जुटेकाछौ बल्ल बल्ल
फेरी यस्तै भैरहे नेपाल हुन्छ खंड खंड
लौन अब हातेमालो गरौ, मुस्कुराऔ, गरौ आशाका कुरा
धेरै बगी सके रगत अब रोकौ हिंशाका छुरा
बन्द स्कुल खोलौ अब , जोडौ भत्केका पुल
पन्छाऔ अब काडे तार फक्रन दिऔ फूल
लौ न अब पानी हालौ मलजल गरौ बालौ बिजुली बत्ती
तंत्र ,बाद र सभा भ्नाडा भन्दै देश को भयो दुर्गति
बाडी चूड़ी खाऔ बरु, मिलीजुली लगाऔ तर बनाऔ नेपाल
हत्या हिन्शा झगडाले हामीलाई जस्तै दुख्छ नेपाल
मुटू छुन्छ नेपाल.... एक दिन रुन्छ नेपाल
यदि म मरेर केही हुन्छ भने तिम्रो लागी म मर्छु नेपाल
तिम्रो लागी म मर्छु नेपाल....
धेरै भो बन्द हड़ताल……….
(दुई टिन चोटी पढ्नुस है..).