सुरु गरे यो यात्रा कहिले मलाई पत्तो छैन
आँखा खोल्छु आज म सुरुवात बिन्दु टाढा देख्छु
गन्तब्यलाई हेर्छु म थम्याउनै सकिन
जान कहाँ लाग्या छु आफैलाई थाहा छैन
मेरो यात्रा एक्लो रहेछ साथ दिने देख्दिन म
ओर पर क्षितिजसम्म सुन्यता नै देख्छु म
निरस, ब्याकुल जिन्दगी मा म्रिग त्रिश्णा मेटाउन
थाहा छैन आज म कता तिर हराये छु
साहसिलो त छु नै म बाँच्न सक्छु एक्लैपनि
यो हठ लाई तिमी मेरो घमन्ड चाँही नसम्झिनु
यो यात्रा त एक्लै म पुरा गरी देखाउने छु
गन्तब्य हिन यात्री को नि, लक्ष्य म देखाउने छु
मौनतालाई म कहिले नि तोड्ने छैन
मेरो मौनता कमजोरी कहिले नि हुने छैन
मेरो वाक्य मेरो शक्ति एकदिन सत्य हुने नै छ
लक्ष्य बिहीन मेरो यात्रा गन्तब्यमा पुग्ने नै छ