After reading the article (down), i felt, writing such articles will have lesser impact in the political scenario. If some one really wants to make change - they have to be in Nepal.
पीएचडीको प्रभाव
तिलक पाठक
प्रकाशशरण महत फुलब्राइट छात्रवृत्तिमा अमेरकिा जाने तयारी गररिहँदा नेपालमा प्रजातन्त्र उदाइसकेको थियो । त्यतिबेला उनलाई द्विविधा भयो, विदेश जाने कि यतै चुनाव लडेर सांसद बन्ने ? भन्छन्, "तर, म थप अध्ययनका निम्ति अमेरकिा पुगेँ ।"
युनिभर्सिटी अफ इलिनोईबाट अर्थशास्त्रमा मास्टर्स इन साइन्स -एमएस) गरेपछि प्रकाशलाई उतै विद्यावारििधको मौका मिल्यो । साउदर्न इलिनोई युनिभर्सिटीबाट पीएचडी गरेर फकिर्ंदा नेपालमा दुइटा संसदीय निर्वाचन भइसकेका थिए । प्रकाश नेपाल विद्यार्थी सङ्घका महामन्त्री हुँदा उपाध्यक्ष रहेका पूर्णबहादुर खड्का त मन्त्री नै थिए । "मसित काम गरसिकेका थुप्रै साथीभाइहरू सांसद र मन्त्री भइसकेका थिए," उनी भन्छन्, "तर, राष्ट्रिय राजनीतिमा देखिएको ग्याप पूरा गर्न सक्छु भन्ने आत्मविश्वासचाहिँ ममा थियो ।"
त्यसको एक वर्षअघि प्रकाशकै नियति थियो मीनेन्द्र रजिालको । नेविसङ्घका उपाध्यक्ष्ा रहेका मीनेन्द्र ०५३ साउनमा नेपाल र्फकंदा 'जुनियर' हरूले उछिनिसकेका थिए । सुरुमा उनले बौद्धिक तहबाट पार्टीलाई सघाउने विचार गरे । तर, पूर्णकालीन राजनीतिमा नहोमिइरहन सकेनन् । पीएचडी गरेकै न्युयोर्क विश्वविद्यालयमा 'भिजिटिङ् लेक्चरर' रहिसकेका मीनेन्द्रलाई राजनीतिमा फड्को मार्न धेरै समय लागेन । राजनीतिक पृष्ठभूमि र निरन्तरको सम्पर्कका कारण तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले मीनेन्द्रलाई नेपाल आएको १८ दिनमै राजनीतिक सल्लाहकार बनाए । सरकारबाट बाहिरएिपछि पनि उनले देउवाको साथ छाडेनन् । डा प्रकाश त्यतिखेर देउवाको अध्यक्षतामा गठित माओवादी समस्या समाधान सुझाव समितिमा सदस् य-सचिव थिए । देउवाको दोस्रो प्रधानमन्त्रीत्वमा दुवै डाक्टर योजना आयोगका सदस्य भए । पार्टी विभाजनयता मीनेन्द्र र प्रकाशशरण दुवै प्रजातान्त्रिक काङ्ग्रेसका केन्द्रीय सदस्य छन् ।
'असोज १८' पछि पूर्णकालीन राजनीतिमा नै रहने या आफ्नो पेसामा ? डा मीनेन्द्र फेर िद्विविधामा परेछन् । "सडकमा भएको शेरबहादुरलाई छाडेर अवसरवादी बन्ने वा उनलाई साथ दिएर मूर्ख बन्ने ?" उनी भन्छन्, "मैले मूर्ख हुने बाटो नै रोजेँ । " अर्थात्, प्राज्ञिक क्षेत्रमा अगाडि बढिरहेका मीनेन्द्रले प्रतिकूल परििस्थतिमा पनि राजनीति गरेको देख्दा मूर्ख भन्नु अस्वाभाविक थिएन । नेपाली काङ्ग्रेस प्रजातान्त्रिकमा देउवाले उनलाई प्रचार विभाग प्रमुख हुँदै पछि पार्टी प्रवक्ताको जिम्मेवारी दिए । "असोज १८ को घटनाले पूरै राजनीतिमा धकेलिदियो," उनले बताए ।
डा प्रकाशले पनि पीएचडी गर्दा राजनीतिमा देखापरेको 'ग्याप' पूरा गरसिकेका छन् । दुवै डाक्टर देउवाका विश्वासपात्रका रूपमा चिनिन्छन् । आठ दलको शीर्षस्थ नेताहरूको बैठकमा देउवासँग यिनै दुईले पार्टीको प्रतिनिधित्व गर्छन् । पार्टी एकता कार्यदलदेखि जनजातिसँगको वार्ता टोलीमा डा प्रकाश क्रियाशील छन् । डा मीनेन्द्र पनि आठदलीय संयन्त्रदेखि पार्टी एकता कार्यदलसम्म भ्याइरहेका छन् । पार्टी प्रचार र विदेश मामिलासम्बन्धी जिम्मा पनि उनैको हो । "पार्टीको महत्त्वपूर्ण राजनीतिक प्रक्रियामा सहभागी छु," उनी भन्छन्, "त्यसैले राजनीतिमा पछि परेजस् तो लाग्दैन ।"
यी दुईको तुलनामा अर्का डाक्टर नारायण खड्काको प्रभावचाहिँ पार्टीपङ्क्तिमा कमै देखिन्छ । विद्यार्थीकालदेखि नै काङ्ग्रेसको राजनीतिमा सक्रिय डा खड्का पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईनिकट मानिन्छन् । क्यानाडाबाट अर्थशास् त्रमा पीएचडी गरेका डा खड्का भट्टराई प्रधानमन्त्री छँदा प्रमुख सल्लाहकार र पछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भएका थिए । कुनैबेला प्रजातान्त्रिक काङ्ग्रेसमा केन्द्रीय सदस्यसमेत रहेका डा खड्का अहिले काङ् ग्रेस एकीकरणको अभियानमा क्रियाशील छन् ।
प्रजातान्त्रिक काङ्ग्रेसमा मात्र होइन, अन्य पार्टीमा पनि पीएचडी डाक्टरहरूको दबदबा उस् तै छ । माओवादीका डा बाबुराम भट्टराई हुन् वा नेपाली काङ्ग्रेसका डा रामशरण महत वा राष्ट्रिय जनशक्ति पार्टीका डा प्रकाशचन्द्र लोहनी नै, विदेशी विश्वविद्यालयबाट विद्यावारििध गरेका सबैको आ-आफ्नो पार्टीमा प्रभाव छ । राजनीतिमा अघि बढ्नुमा उनीहरूको राजनीतिक पृष्ठभूमि र क्षमतासँगै औपचारकि शिक्ष्ााबाट प्राप्त उपाधिको पनि भूमिका छ । "मैले त्यसरी नपढेको भए राजनीतिमा यो स् थान बनाउन गाह्रो हुन्थ्यो होला," डा प्रकाशशरण भन्छन्, "यद्यपि, राजनीतिक पृष्ठभूमिले पनि सघाएको छ ।"
त्यसो त अर्थशास्त्रमा विद्यावारििध गरेकै कारण डा रामशरण महतले प्रजातन्त्र पुनःस्थापनापछि देशको अर्थनीति बनाउने मौका पाए । "मैले विषयगत विशेषज्ञता हासिल नगरेको भए त्यो मौका पाउने थिइनँ," ०४८ सालको निर्वाचनपछि योजना आयोगका उपाध्यक्ष्ा रहेका डा रामशरण भन्छन्, "अध्ययन अझ विषयगत विशेषज्ञताले राजनीतिक करअिरमा धेरै नै सहयोग पुगेको छ ।"
राजपाका नेता डा प्रकाशचन्द्रले चाहिँ विद्यार्थीकालमा राजनीति गरेका थिएनन् । "विद्यार्थी राजनीति गरेकासित सङ्गठन कला हुन्छ," उनी भन्छन्, "राजनीतिमा पछि होमिए पनि स्थान बनाउन सफल छु ।" अध्ययनले नै राजनीतिमा अघि बढ्न मद्दत पुगेको उनको ठम्याइ छ । थप्छन्, "पढाइले राजनीतिक चिन्तनलाई तर्कपूर्ण बनाउँछ ।"
माओवादी नेता डा बाबुराम पढाइकै कारण आफूलाई पार्टीइतरका नेताहरूले पनि महत्त्व दिएको बताउँछन् । माक्र्सवादी अर्थशास्त्रका जानकार डा बाबुरामको प्रभाव पार्टीको अर्थनीतिमा झल्किन्छ । पार्टीमा उनी अध्यक्ष्ा प्रचण्डपछिको नेता मानिन्छन् भने डा प्रकाशचन्द राष्ट्रिय जनशक्ति पार्टीको सहअध्यक्ष्ा छन् । दुवै जनाले बोलेर वा लेखेर नेपाली राजनीतिमा नयाँ 'डिस्कोर्स' निर्माण गररिहेकै हुन्छन् । समानता के भने दुवैमा कलेज भर्ना हुँदासम्म पनि राजनीतिमा रुचि थिएन ।
काठमाडौँको अमृत साइन्स क्याम्पस र चण्डीगढको आर्किटेक्चर एन्ड इन्जिनियरङि् कलेजमा बीई पढ्दासम्म बाबुरामको ध्यान राजनीतिमा थिएन । तर, नयाँदिल्लीको स्कुल अफ प्लानिङ् एन्ड आर्किटेक्चरमा एमई गर्दा भने उनी राजनीतिमा होमिइसकेका थिए । वामपन्थी प्राध्यापक मुनिस रजाको सहयोगमा राजनीति गर्नकै लागि भनेर उनी दिल्लीको जवाहरलाल नेहरू युनिभर्सिटी -जेएनयू) मा पीएचडीको विद्यार्थी बने । तर, पढाइमा पनि लत्तो छाडेनन् । जेएनयूले बाबुरामलाई दुइटा कुरा दियो ः इन्जिनियरङि्मा डाक्टरको उपाधि र कम्युनिस्ट दर्शन । "त्यो अवधि ज्यादै उपलब्धिमूलक रह्यो," उनी भन्छन् ।
०४२ सालमा काठमाडौँ र्फकेर इन्जिनियरङि् कन्सल्टेन्सी सुरु गरे पनि प्रमाणपत्र देखाएर कुनै जागिर गरेनन् उनले । "त्यतिखेरसम्म पूर्णकालीन राजनीति थाल्ने सोचाइ बनिसकेको थियो," उनी भन्छन्, "जागिर नखाए पनि रामेछाप, सोलु-सल्लेरी, बाग्लुङ, लमही र गोरखा बजारको सहरी योजना बनाएँ ।" त्यतिखेर डा बाबुराम मसाल समूहको भूमिगत राजनीतिमा सक्रिय थिए । ०४६ सालसम्म आइपुग्दा त संयुक्त वाममोर्चामा सामेल नभएका साना कम्युनिस्ट पार्टीहरूको 'राष्ट्रिय जनआन्दोलन संयोजन समिति' को प्रवक्ता नै बने ।
०४७ सालमा उनी मसालबाट अलग्गिए अनि आफ्नै संयोजकत्वमा संयुक्त जनमोर्चा गठन गरे । त्यसपछि एकता केन्द्र मसाल हुँदै माओवादीमा लागेका हुन् । 'जनयुद्ध' को प्रारम्भताका बुर्जुवा शिक्षा लिएको भन्दै पार्टीपङ्क्तिमा उनलाई 'सहरयिा अवसरवादी बुर्जुवा' का रूपमा हेरन्िथ्यो । 'कमरेड' भन्दा पनि 'डाक्टर' भनिन्थ्यो/भनिन्छ अझै पनि । त्यसबेला डाक्टर उपाधिकै कारण पार्टीमा आफूले थुप्रैको ईष्र्या खेप्नु परेको सुनाउँथे उनी निकटस् थलाई ।
बाबुराम र प्रचण्डबीच पटकपटक व्यक्तित्वको टकरावसमेत देखिने गरेको छ । दुई वर्षअघि पार्टी विवादमा डा बाबुराम कारबाहीमा परे । तर, पछि सिङ्गो पार्टी उनकै 'लाइन' मा हिँड्यो । अन्तरपार्टी संवादका लागि होस् वा कलम चलाउन, माओवादी नेताहरूमध्ये डा बाबुराम नै अगाडि सरेको देखिन्छ । उनले पार्टीभित्र आफूलाई बौद्धिक र राजनीतिक दुवै हिसाबले स्थापित गरसिकेका छन् ।
आर्किटेक्चरमा स्नातक, सहरी योजनामा स् नातकोत्तर हुँदै क्षेत्रीय योजनामा पीएचडी गरेका बाबुराम भन्छन्, "घरबाट सहर र सहरबाट देशतिर लागँे ।" आफ्नो राजनीतिक करअिर पनि यसैगरी अघि बढेको उनको भनाइ छ । इन्जिनियरङि्का पीएचडी राजनीतिमा कसरी प्रभावशाली बने त ? "आर्किटेक्चर भनेको विज्ञान र कलाको संयोजन हो," उनी भन्छन्, "नत्र प्राविधिक मानिस सङ् कुचित हुन्छ ।" बहुआयमिक विषयमा गरेको अध्ययनले आफूलाई राजनीतिमा माथि ल्याएको उनको ठम्याइ छ ।
जसरी माओवादीको अर्थनीतिमा डा बाबुरामको प्रभाव झल्किन्छ, त्यसैगरी नेपाली काङ्ग्रेसको अर्थनीतिमा चाहिँ डा रामशरणको प्रभाव देखिन्छ । ०२१ सालको विद्यार्थी आन्दोलनमा जेल परेपछि उनी नजानिँदो हिसाबले राजनीतितिर तानिएका थिए । पछि उनी नेविसङ्घको महामन्त्रीसमेत भए । उनकै जिल्लाका डा प्रकाशचन्द्रचाहिँ अमेरकिी फुलब्राइट छात्रवृत्ति अन्तर्गत इन्डियाना विश्वविद्यालयबाट एमबीए र युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट पीएचडी सिध्याएर नेपाल फर्किएपछि राजनीतिमा तानिएका थिए । 'राजाले नेता हुनुहुँदैन' भन्ने आफ् नै अनुसन्धानात्मक लेखले राजनीतिमा आकषिर्त गरेको उनी बताउँछन् । यही लेखका कारण आर्थिक विकास तथा प्रशासनिक अनुसन्धान केन्द्र -सेडा) मा कार्यकारी निर्देशकको जागिर छाडेर उनी तीन दिन भूमिगत पनि बसे । भन्छन्, "तर, भूमिगत बस् न गाह्रो हुँदो रहेछ ।"
सेडाको जागिर छाडेपछि डा प्रकाशचन्द्रले स् नातक क्षेत्र अन्तर्गत चुनाव जिते । अनि, ०२८ सालमा काठमाडौँको इटुम्बहालमा भाषण गरेबापत मध्यरात १२ बजे ज्ञानेश्वरस्थित घरबाट पक्राउ परे । १७ महिनासम्म थुनिँदा माननीय भएबापतको तलबभत्ता भने पाई नै रहे उनले । छुटेको केही समयमै सुरु भएको 'गाउँ र्फक अभियान' मा उनले टिकट पाएनन् । त्यसपछि नुवाकोटमा सहकारीमार्फत थाङसिङ साझा जलविद्युत् कम्पनी खोले । गाउँ र सरकारको सहयोगले दुई वर्षमै २० किलोवाट विद्युत् उत्पादनबाट दुई सय घरलाई विद्युत् सुविधा प्राप्त भयो । अनि, उनी सेडा नै फर्किए । त्यसैबेला उनले पिपुल्स पार्टीसिपेसन इन डेभलेपमेन्ट लेखेका हुन् ।
डा प्रकाशचन्द्रले गाउँर्फकमा टिकट नपाएकै बेला तत्कालीन विद्यार्थी नेता रामशरण महतले चाहिँ राहदानी पाएनन् । सरकारले राहदानी नदिएकै कारण उनले फुलब्राइट छात्रवृत्तिको अवसर गुमाउनुपर्यो । ०३१ सालमा जेल परेकाले जेएनयूमा पाएको अर्काे छात्रवृत्ति पनि उनले गुमाउनुपर्यो । "राजनीतिमा क्रियाशील हुँदा पढाइमा नोक्सानी पनि भएको छ," उनी भन्छन् । तर, विदेशी विश्वविद्यालय पढ्ने उनको धोको भने सांस्कृतिक छात्रवृत्ति अन्तर्गत भारतको पुना विश्वविद्यालयको गोख्ले इन्स्िटच्युट अफ इकोनमिक्सबाट पीएचडी गरेपछि पूरा भयो । पीएचडी सकेर नेपाल फर्किंदा जनमतसङ्ग्रह घोषणा भइसकेको थियो । परण्िााम बहुदलको पक्ष्ामा नआएपछि राजनीति छाडेर डा रामशरण काठमाडौँस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम -यूएनडीपी) को कार्यालयका जागिरे हुनपुगे ।
डा रामशरण र डा प्रकाशचन्द्रबीच अनौठो संयोग छ । जनमतसङ्ग्रहमा बहुदलले हारेपछि डा रामशरण राजनीतिबाट यूएनको जागिरतिर लागे । तर, डा प्रकाशचन्द्र चुनाव लड्न नुवाकोट फर्किए । पारविारकि पृष्ठभूमि र बिजुली उत्पादनको कामले चुनाव जिते पनि । सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा लोकेन्द्रबहादुर चन्दले ल्याएको अविश्वासको प्रस्तावको समर्थक थिए उनी । त्यसपछि चन्दको नेतृत्वको सरकारमा उनी अर्थ र सञ्चारमन्त्री बने । उनी अर्थमन्त्री रहेकै बेला निजी क्षेत्रबाट नबिल ब्याङ् क -तत्कालीन नेपाल अरब ब्याङ्क) र इन्डोश्वेज ब्याङ्क -हालको इन्भेस्टमेन्ट ब्याङ्क) सुरुवात भयो । भन्छन्, "नेपालमा आर्थिक क्षेत्रमा उदारीकरण सुरु भएको मेरै कार्यकालमा हो ।"
०४२ सालमा पनि चुनाव जिते डा प्रकाशचन्द्रले । दुई वर्षपछि आवास तथा भौतिक योजनामन्त्री बनेका उनी प्रजातन्त्रको पुनःस् थापनापछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागे । ०४८ र ०५१ को चुनाव पनि नुवाकोटबाटै जिते । देउवा सरकारमा परराष्ट्रमन्त्री भएका प्रकाशचन्द्र ०५६ सालको चुनावमा चाहिँ पराजित भए । तैपनि, 'असोज १८' पछिको सूर्यबहादुर थापा सरकारमा अर्थमन्त्री उनै थिए ।
झन्डै छ वर्ष काठमाडाँैस्थित यूएन कार्यालयमा काम गरेपछि डा रामशरणले चाहिँ आठ महिनाजति न्युयोर्कस्थित मुख्यालयमा काम गरे । अनि, पाकिस् तानको कार्यालयमा दुई वर्ष बिताए । राजनीतिबाट टाढिइसकेका डा रामशरणको भित्री मनमा त्यसको इच्छा मरेको थिएन । नेपालमा प्रजातन्त्र पुनःस्थापना भएपछि यूएनको आकर्षक जागिर छाडे उनले । भन्छन्, "राजनीति कठिन बाटो हो ।" त्यही कठिन बाटो नै डा रामशरणका लागि सहज बनिदियो । अध्ययन र यूएनको जागिरले आफ्नो राजनीतिक 'करअिर' मा मद्दत पुगेको उनी बताउँछन् । भन्छन्, "अन्तर्राष्ट्रिय समुदायसँग आत्मविश्वासका साथ व्यवहार गर्न सजिलो भएको छ ।"
०४८ सालको निर्वाचनमा नुवाकोटबाट चुनाव हारेपछि उनी योजना आयोगको उपाध्यक्ष्ा बनेका थिए । तर, तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला र नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंहबीच कटुता बढ्नुको कारण पनि डा रामशरण नै भए । किनभने, काङ्ग्रेसका शीर्षस् थ नेताहरूबीच निर्वाचनमा पराजित व्यक्तिलाई सार्वजनिक पद नदिने भन्ने सहमति थियो । तर, कोइरालाले उनलाई योजना आयोगको उपाध्यक्ष बनाएपछि गणेशमान क्रुद्ध भएका थिए ।
आफ्नो कार्यकालको योजना आयोग एकदम सक्षम र नमुनायोग्य भएको डा रामशरणको दाबी छ । "त्यसैको फलस्वरूप मुलुकमा यत्रो द्वन्द्व हुँदा पनि नेपालको अर्थतन्त्र सम्हाल्नै नसक्ने गरी बाहिर गएको छैन," एकपटक परराष्ट्रमन्त्री भएका र हाल पाँचौँपटक अर्थमन्त्री रहेका उनले बताए । ०४८ सालको निर्वाचन हारे पनि उनले ०५१ र ०५६ सालमा लगातार चुनाव जितेका थिए ।
अर्को मुख्य दल नेकपा एमालेमा भने विदेशी विश्वविद्यालयबाट दीक्षित नेताहरूको खडेरी छ । डा मङ्गलसिद्धि मानन्धर, डा डिल्लीराज खनाललगायतका नेताहरू मुख्यतः 'पार्टी प्रोफेसनल' को रूपमा मात्रै रहेका छन् । "कम्युनिस्टहरूले हिजो बुर्जुवा शिक्षा भनेर आएको अवसरलाई पनि छाडेकाले यस्तो भएको हो," विद्यार्थी राजनीति हुँदै एमालेको विदेश विभागमा पुगेका राजन भट्टराई भन्छन्, "विश्वविद्यालयको शिक्ष्ााबिना अबको राजनीतिमा नयाँ पुस्तालाई नेतृत्व दिन सकिँदैन ।" बेलायतको चेभनिङ् छात्रवृत्ति अन्तर्गत युनिभर्सिटी अफ लन्डनको सोआसबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर राजन आफैँचाहिँ जेएनयूबाट पीएचडी गर्दैछन् ।
राजनीतिमा प्रभावशाली देखिएका बाबुराम, प्रकाशचन्द्र, रामशरण, मीनेन्द्र र प्रकाशशरणसम्मका 'डाक्टर' हरूले के पुष्टि गरििदएका छन् भने राजनीति गर्न पढाइ छाड्नुपर्दैन । बरु, त्यो पढाइले राजनीतिक करअिरमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । "अहिले त राजनीतिको चरत्रि बदलिएको छ," डा प्रकाशशरण भन्छन्, "विषयवस् तुमा दक्ष नभए राजनीतिमा योगदान गर्न गाह्रो हुन थालेको छ ।" दाइ महत पनि भाइसँग सहमत छन् । "अब त हामीजस्ताको पढाइले पनि काम नगर्ने बेला आइसक्यो," उनी भन्छन्, "राजनीतिमा अन्तर्राष्ट्रिय परििस्थति बुझेको अप टू डेट व्यक्ति चाहिन्छ ।"