नेपाली साहित्यका साधक तथा साझाका मित्रहरुको गीत गजल कविता तथा मुक्तक पढ्न नपाएको धेरै भयो । मधुपर्कमा एउटा फेला पारेर यहाँ राखेको छु । लौ थप्दै जाउँ ।
धन्यवाद
शिव प्रकाश
गजल
-डा. मबि सिंह
यति हलुका भएँ सासले उडाउन थाल्छन्
आफ्नै ढुकढुकीले रात ब्यूँझाउन थाल्छन्
यस्सो सन्चो पार्ने औषधि लाउन थाल्यो
घाउ नभएका ठाउँ चहर्याउन थाल्छन्
वाहन-सुखको अनुभवमा मग्न हुँदा
निर्धारित गति र गन्तव्य हराउन थाल्छन्
अपराधको पक्षमा यति दक्ष वकालत
प्राकृतिक न्याय सिद्धान्त लजाउन थाल्छन्
म विरुद्ध उत्रेका सैतान नष्ट होलान् र -
एकको टाउको काटे दस पलाउन थाल्छन् ।
-बोष्टन, अमेरिका