साझाका मित्रहरु
नमस्कार !
धेरै दिन पछि साझाको फूलबारीमा एउटा धम्कीपूर्ण लेख छलफलका लागि राखेको छु ।
यो उटपट्याङ् बिनाकारणका कारणहरु देखाएर
मलाई मेरो इमेलमा पठाइएको हो । धन्यवाद !
पहाडीहरुको मधेशबाट फिर्ता र पहाडमा पुनर्वासको औचित्यका आधारहरु
MB Admin on 11 March 2007 - 12:55
पहाडीहरुको मधेशबाट फिर्ता र पहाडमा पुनर्वासको औचित्यका आधारहरु
Sent by XYZ
केही महिना अगाडी सम्म मधेशीहरुले आफ्नो अधिकारको वारेमा कुरा मात्र निकाल्दा पनि तिनीहरुलाई नाना-थरीका आरोपहरु लगाई हतोत्साहित गरेर चुप गर्ने प्रयास गरिन्थ्यो, र त्यही आरोपका डरले मधेशका कैयन वुद्धिजीवीहरु र पत्रकारहरु मधेशीहरुको अधिकारको पक्षपाती भए तापनि मौन भएर बस्न नै रोजे । ठिक त्यसै गरी, हाल मधेशका केही समूहहरुद्वारा पहाडीहरुको बसोवासलाई मधेशवाट फिर्ता लिई पहाडमै पुनर्वास गराउनु पर्ने माँगलाई उत्तिकै हेय दृष्टिले हेर्ने गरिएको छ र शासक-वर्गद्वारा अनेकौं आरोप-प्रत्यारोपहरु लगाई यस बारेमा कुरा गर्न समेत पनि हतोत्साहित गर्ने गरिएको छ । तर वास्तविक अर्थमा हेर्ने हो भने, मधेशीहरुको उक्त माँग किन जायज छ भन्ने कुरा तलका वूँदाहरुले पुष्टि गर्दछन् ।
सरकार र शासक-वर्गहरुले मधेशका मूल-निवासीहरु र आदिवासीहरुको जमीन षडयन्त्र-मूलक तरीकाले कहिले भूमिसुधारका नाममा त कहिले बल र छल पूर्वक हड़पेका हुन्, र त्यहाँ पहाडीहरुलाई बसाएका हुन् । अब षड्यन्त्रको पर्दाफास भई सकेको यस अवस्थामा र मधेशीहरुले आफ्नो जमिन पुन: पाउनुपर्ने उनीहरुको अधिकार भएको हुनाले पहाडीहरुले नैतिक रुपमा पनि मधेश छोडनु पर्ने आवश्यकता देखिन्छ ।
मधेशमा पहाडीहरु भएको वस्तीहरुमा हाल "खुकुरी दल" जस्ता पहाडी युवा-जमातहरुको आक्रामक गुटहरु यत्र-तत्र बनिरहेका छन् र विस्तार भईराखेका छन् । तिनीहरुद्वारा स्थानीय मधेशीसमुदायका निर्दोष व्यक्तिहरु माथि खुकुरी, फलामको छड़ तथा अन्य हतियारले आक्रमण गर्ने, ज्यान लिने तथा घरवार र पूरै टोलमा आगो लगाई दिने क्रम दिन-प्रति-दिन बढदो छ, र पहाडीहरु मधेशमा भई राखे सम्म यस्ता आक्रमणहरु अझ तीव्र गतिमा भई नै राख्नेछन् । नेपालगंज र विराटनगरका घटना देखि लिएर खजुराका घटनाहरुले यसको एक पूर्व-झल्को मात्र देखाएका हुन् । पहाडबाट वसोवास सरेर आएका यी पहाडीहरुद्वारा स्थानिय मधेशी समुदायहरु माथि जहाँ-तहीं भईराखेको यस किसिमको आक्रमणलाई रोक्न पहाडीहरुलाई उनीहरुको मूलथलोमै पुनर्वास गराउनुमा नै उचित देखिन्छ, अन्यथा यसले साम्प्रदायिक दंगाको उग्ररुप नलेला भन्न सकिन्न ।
हाल सम्म मधेशीहरु आफ्नो अधिकारसँग अनभिज्ञ थिए वा त्यति मतलब राख्दैनथे, र पहाडी समुदायवर्गले आफ्नो तलवारका भरमा जे-जस्तो ज्यादती गरे पनि एकतर्फी रुपमा मधेशीहरु चुप लागेर बसेका थिए । तर नयाँ परिस्थितिमा जतिबेला मधेशीहरु आफ्नो अधिकारका लागि सचेत भईसकेका छन् र केही समूहहरुले त्यसका लागि हातहतियार समेत उठाईसकेका छन, यतिबेला पहाडीहरुलाई मधेशमै रहन दिनु भनेको कुनै दुई सनकी शत्रु लडाकूहरुलाई हात-हतियारले सुसज्जित पारी एउटा कोठा भित्र छोडनु जस्तै हो । र त्यही भएर पहाडीहरुलाई उनीहरुको मूलथलोमै पुनर्वास गराउनुमा नै वुद्धिमानी देखिन्छ ।
पहाडी प्रवासीहरुलाई उनीहरुको मूलथलोमा नै पुनर्वास गराउनुले भविष्यमा हुन सक्ने साम्प्रदायिक हिंसा र नरसंहारको खतरालाई कम गर्ने हुनाले यो उचित देखिन्छ ।
पहाडबाट भएको र अझै पनि तीव्रगतिमा भई रहेको बसाईं सराईले मधेशमा उग्ररुपमा जनसंख्या चाप बढेको छ, र यसले गर्दा मधेशमा जनसंख्या चाप संग-संगै आउने सबै किसिमका समस्याहरु बढेका छन् । वसाईं सरेर आएका पहाडीहरुलाई पहाडमा नै पुनर्वास गराउनाले ती समस्याहरुको निराकरण गर्न मद्दत पुग्नेछ ।
मधेशमा बसाईं सरेका अधिकांश पहाडीहरु अझै पनि पहाडको मूल-थलोमा वा शहर-वजारमा आफ्नो खेत-जमीन राखी नै राखेका छन् र यसले गर्दा तिनीहरु आफ्नो मूल-थलोमा फर्किनु उचित पनि देखिन्छ र यसमा कुनै कठिनाई पनि हुने छैन ।
पहाडबाट भएको बसाईं सराईं मुख्यत: सन् १९५० पछाडीको हो, र नयाँ हो । यसले गर्दा उनीहरु मधेश भन्दा पहाडको मूलथलोसँग बढी समिपताको अनूभुति गर्दछन्, जुन स्वभाविक पनि हो । यसबाट उनीहरु पहाडको मूल-थलोमै फर्कनु भावनात्मक रुपमा पनि सकारात्मक देखिन्छ ।
पहाडीहरुको मधेशमा बसाईं सर्नाले मधेशको दुर्लभ कृषियोग्य भूमि पनि शहर र वस्तीले नै छेक्दै गएको छ । खाद्यान्न भण्डारको एक मात्र श्रोत रहेको दुर्लभ कृषियोग्य भूमि पनि कृषिका लागि उपयोग हुनुको साटो शहर र वस्तीले नै यसरी ढाके पछि कृषि-क्षेत्रलाई नै मेरूदण्ड बनाई उभिराखेको देशको आर्थिक स्थिति निकै नै प्रभावित भईराखेको र भविष्यमा देशमा खाद्यान्नको अभाव समेत सृजना हुने देखिन्छ ।
पहाडीहरुको मधेशमा बसाईं सर्नाले उनीहरुको मूलथलोमा रहेको जमिनबाट भई राखेको उत्पादन बन्द हुन गई देशको उत्पादन क्षमतामा ह्रास आउनुका साथै देशको श्रोतको एउटा ठुलो भाग खेर गई राखेको छ । उनीहरुको पहाडमा पुनर्वास गरिनाले खेर गई राखेको देशको जमिन र अन्य श्रोत उपयोग हुनुका साथै देशको उत्पादन क्षमतामा वृद्धि हुनेछ ।
मधेशलाई त्यहाँका मूल आदिवासी र जनजातिहरुलाई विस्थापन गरी मधेश पहाडीहरुको पूर्ण स्वामित्वमा जानबाट रोक्नका लागि पहाडी प्रवासीहरुलाई उनीहरुको मूलथलोमा नै पुनर्वास गराउनु पर्ने उचित देखिन्छ।
पहाडीहरु मधेशमा रहनाले आफ्नो सांस्कृतिक अधिनायकवाद कायमै राखी राख्ने छन् । उदाहरणका लागि मधेशमै मधेशी भाषाका कुनै पत्रिकाहरु पढन पाईंदैन, कुनै किताब पसलमा गएर मैथिली, भोजपूरी वा अवधी भाषाका किताबका वारेमा सोध्नोस्, एउटा पनि किताब फेला पार्न सक्नु हुन्न । मधेशका नयाँ पुस्ताहरु सामा-चकेवा विर्सेर देउसी-भैलो गाउँदै टिन पिटदै छन् । ठाउँ-ठाउँमा नेपाली भाषाका एफ एम हरु खोलेर जताततै नेपाली भाषा नै सुन्न बाध्य गराइएको छ । तपाईं बसमा चढनुस् या कुनै कार्यालयमा जानुस्, नेपाली नबोले सम्म कुनै सुनवाई गर्दैन । पहाडीहरुको पहाडमै पुनर्वास गराउनाले यस किसिमको भइराखेको सांस्कृतिक अधिनायकवादको अन्त्य गर्न मद्दत मिल्नेछ ।
पहाडी प्रहरी, सेनाहरु र मधेशमा वसाइएका अवकाश प्राप्त पहाडी जवानहरू मधेशमा रहेसम्म तिनीहरुले मधेशीहरुलाई आक्रान्तित बनाई नै राख्नेछन्, मधेशी आन्दोलन क्रममा तिनीहरु मधेशीहरुका घरघरमा गई छोरी-बुहारीहरुको बेईज्जत गर्ने गरेका जस्ता घटनाहरु पनि दोहोर्याई राख्ने नै छन् । तसर्थ यस्ता घटनाहरु कम गर्न यी पहाडीहरुलाई उनीहरुको मूलथलोमा नै पुनर्वास गराउनुमा नै उचित देखिन्छ ।
पहाडीहरुको मधेशमा वसोवास सर्नाले मधेशीहरुको पहिचान माथि समेत खतरा उत्पन्न भएको छ । एक-दुई वर्ष अगाडी पहाडबाट झरेकाहरु "म पनि मधेशी" भनेर जनमानसमा भ्रमपैदा गरेर मधेशीहरुको पहिचानलाई धमिल्याउने षडयन्त्र गरिराखेका छन् । तसर्थ, मधेशीहरुको आफ्नो पहिचान कायम राख्नका लागि पनि वसाईं सरेर आएका यी पहाडीहरुलाई उनीहरुको मूलथलोमै पुनर्वास गराउनुमा नै उचित देखिन्छ ।
पहाडीहरु मधेशमा रहेसम्म राज्य संरचनाको हरेक क्षेत्रमा पहाडीहरु अगुवा बनेर मधेशीहरुलाई दबाई रहने नै छन् । चाहे त्यो गाविस, जिविसका पदहरु हुन, वा सांसदका सीटहरु, जिल्ला प्रशासन कार्यालय हुन् वा जि्ल्ला प्रहरी, पहाडीहरु मधेशमा रहुन्जेल जुनसुकै राजनैतिक प्रणाली आए पनि राज्य संरचनाका सबै तहमा पहाडीहरुकै बोलवाला रहीरहनेछ र मधेशीहरु संधैं आफ्नो अधिकारबाट वंचित भई नै राख्नेछ । तसर्थ मधेशीहरुलाई उनीहरुको समोचित अधिकार दिलाउनका लागि यी पहाडी प्रवासीहरुलाई उनीहरुको मूलथलोमा नै पुनर्वास गराउनुमा नै उचित देखिन्छ ।
पहाडीहरु मधेशमा रहेसम्म मधेशीहरुले निती निर्माण गर्न र त्यसको कार्यान्वयन गर्नमा सदैव कठिनाई आई नै राख्नेछ । जस्तै, मधेशीहरुले मधेशको विद्यालयहरुमा वा कार्यालयहरुमा मधेशकै कुनै स्थानीय भाषा लागू गर्न चाहेमा पहाडीहरुको उपस्थिति र राज्य संरचनामा उनीहरुको पहुँचले त्यसलाई संधै विफल पारि राख्नेछ ।
मधेशमा गणतान्त्रिक प्रणाली लागू गरेपनि वा मधेशलाई पूर्ण स्वाशासित क्षेत्र नै घोषणा गरे पनि पहाडीहरु मधेशमा रहेसम्म त्यसको प्रभावकारीता कदापि कायम हुन सक्दैन । तसर्थ मधेशको स्वशासनलाई प्रभावकारी बनाउनका लागि पहाडी प्रवासीहरुलाई उनीहरुको मूलथलोमा नै पुनर्वास गराउनुमा नै उचित देखिन्छ ।
यदि सरकारले वैदेशिक आर्थिक सहयोग समेत लिई अनेकौं षडयन्त्रमूलक आधिकारिक परियोजनाहरुद्वारा नै पहाडीहरुलाई मधेशमा वसाउन सक्दछन् भने पहाडीहरुलाई उनीहरुको मूलथलोमा नै पुनर्वास गराउने परियोजनाहरु ल्याउन पनि हरेक तरिकाले उचित देखिन्छ र त्यसैले पहाडी प्रवासीहरुलाई उनीहरुको मूलथलोमा नै पुनर्वास गराउनु उचित छ ।
पहाडीहरु मधेशमा उपनिवेश लाद्ने संरचनाका अंगका रुपमा वसाईं सरेर आएका हुन्, र मधेश उपनिवेशबाट उन्मुक्त हुनका लागि तिनीहरु मधेश छोडनु आवश्यक छ, जसरी साम्राज्यको अन्त्य संगै ब्रिटिशहरु भारत छोडेर गएका थिए ।
यो नेपालमा मात्रै हुने कुनै अद्भुत घटना हुने छैन, विश्वका अन्य ठाउँहरुमा पनि वसाँई सरेका वा सारेका जनताहरुलाई सरकारद्वारा नै पुनर्वास गराईएको उदाहरणहरु प्रशस्त छन् । जस्तै, गाँजा क्षेत्रमा वसाईं सरेका ईजराईली जनताहरुलाई ईजराइली सरकारले नै सन् २००५ मा फिर्ता लिई अन्यत्र बसाएकै हुन् । तसर्थ अन्तर्राष्ट्रिय दूष्टिकोणले पनि पहाडी प्रवासीहरुलाई उनीहरुको मूलथलोमा नै पुनर्वास गराउनु समोचित नै ठहरिन्छ ।
तसर्थ, मधेशका केही समूहहरुले यस बारेमा आफैं कुनै कदम चाल्नु अगाडी नै, सरकारले वैदेशिक लगानी समेत रहेको जुन प्रक्रियाद्वारा पहाडीहरुलाई मधेशमा सुनियोजित रुपमा वसोवास गराएका थिए, त्यसरी नै तिनीहरुलाई मधेशबाट फिर्ता लिई पहाडमै पुनर्वास गराउने परियोजनाहरु ल्याउन आवश्यक छ, र त्यसमा नै दुइटै समुदाईहरुको भलाई रहेको देखिन्छ ।