[Show all top banners]

pire
Replies to this thread:

More by pire
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नक्कली नोट छाप्ने मिसिन
[VIEWED 3161 TIMES]
SAVE! for ease of future access.
Posted on 02-25-07 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पोस्टिङ् त्यो डिवि विसा को धागाँ राख्याथिएँ। सोच्दा अरुलाई नि इन्टेरेस्टिङ लागि हाल्छ कि भनेर। अरुका गाममा नि यस्तो भा'थे कि, के था। गामका गाम लुटिएका पनि हुनसक्छम।

उ बेला हाम्रा गाममा यौटा "डुडे भँडारी" (हात काटिएको भण्डारी साहु लाई छोटकरीमा भनेको) भन्ने थियो। भर्खर, भर्खर, बस्ती बसेको बेला चिया र सम्सा बेचेर टन्न कमायो, टिन हालेर घर बनायो र पछि त रसद (ग्रोसरी) पनी बेच्ने भयो। फाउपुर्नेको भाकामा मैले'नि टन्न चिया पिएको थिएँ त्यसकाँ, सिमाखानेले खुब बढाएर खाताँ लेख्थ्यो, त्यो कुरो अर्कै हो।

अनि एकदिन यौटा मधेसीले डुडेलाई 'नोट' छप्ने मिसिन किन्छस भनेछ, के के जादू गरेछ, डुडे त मख्ख, छ हजार त्यो बेलाको पैसा हालेर नोट छप्ने मिसिन किनेछ। अब पछी के भो भन्न परेन। मिसिनले सधै पैसा किन बान्ता गर्थ्यो र? मधेसीले केहि नभए नि पाँच हजार झ्याप्पपार्‍यो रे भन्थे सबै। भनेसी पछि 'डुडे भँडारी' ले मलाई देशीले ठग्यो भन्दै जंगिदै हिड्यो, धन्न सुर्जेनाथ हेडमास्टरकाँ काम गर्ना आका मधेसीलाई कुटेको, हेडमस्टरले चड्कन लगाएर नझपारेको भए भन्ने सुनियो।

भनेसी, आफै बित्थामा लोभ गर्ने, नियम नबुझि, अनि पछि रिस गर्ने भएन। यो डिभि सिभि जे भनेनि हुने खानेलाई नै हो, एकलाख रुपियाको च्याँखे थाप्न सक्नेलाई नै हो, नियाम राम्रसी पढे बुझिन्छ।

अनि हामी पनि लगभग च्याँखे थापेरनै ह्याँ आ'हो। जिआरइ भन्यो, टोफेल भन्यो, यता टिउसन, उता टिउसन, गाउँको ह्याँ बसेका दाईलाई एप्लिकेसन फिस तिर्न कति बलहत्ते गरियो।तिनका बाले अझै पनि गाममा मेरो छोरा न भा भे त्यो पिरे के को अमेरिका जान पाउँथ्यो भन्दै हिड्छन, तेत्ति पैसा तिरेको गुनलाको भराँ। जवाफ फर्काउन नि गार्‍हो। हाम्लाई नि छुलछुलती पारेको हो गोराले। त्यो इन्टर्भ्युको बेला हामीलाई नि फाल्देको भए हजार डलर, आफ्नो समय, जोरीपारीको हँसाई सबै हाम्ले नि सहन पर्थ्यो, पर्थेन र? ह्वाँ गाममा बाले फारम भर्न थालेको छ मैना अघि देखि मेरो छोरो नि अमेरिका जाने भो भन्दै हिडेका थिए,धरोधर्म विसा नपा'भे मुख देखाउन गार्‍हो हुन्थ्यो मलाई।।

अब डिभिको चक्कराँ लाएर भ'को पैसा गोरालाई चढाउनेलाई सहानुभुति त छ नि, के गरम। तेसो भन्दैमा तिमेर्ले त्यो पानीपोखरियाँ ढुकेर जग हसाएको ठिक भनम कि शुरु शुरु स्कुलाँ पढाउन जाउ, वा जिआरइ टोफेल दिएर अर्को याङ्गल लगाउ भनम। म त तेसै नि यो धर्ना जुलुस सित आजीत भैसकें। देशाँ केहि गरेर खान नपाइने भो।

 
Posted on 02-26-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good one Pire!
Keep coming up.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters