यो साल को अन्तिम घडीमा समयलाइ रोक्न खोज्दा पनि, रोक्न सकिएन, सबै जना नयां साल को लागि बिभिन्न तायारिहरु गर्न मा ब्यस्त थिए। कोहि खै कुनै होटेल मा डान्स गर्न जाने रे, कोही नेपालीको कन्सर्ट मा रे, कोहि इन्डियन हरुको पार्टीमा रे। म आफु केहि सोच्न सकि रहेको थिएन कसरी नयां बर्षलाइ स्वागत गर्ने भनेर, केहि गर्न मन लागि रहे पनि के गर्ने त भन्ने निर्णय गर्न सकि रा थिएन, मलाइ थाहा थिएन किन? सायद साथिभाइहरु सब जीबनको आधा उमेर मा पुगेर होला, सब आ-आफ्नो जीबनमा ब्यस्त थिए, हुन पनि बिदेश मा लामो बिदा को आफ्नै महत्व हुन्छ। पहिले जस्तो कहा रमाइलो गर्न पाउंछ र अब, छोराछोरीलाइ नि समय त निकाल्नै पर्यो, यहि सम्झेर आफु पनि नयां साल को कुनै प्रोग्राममा सरिक नहुने निधो गरि टी भि खोले अनि New York को Time Square को Live Broabcast हेर्न थाले। साथिहरुलाइ फोन गरेर शुभ-कामना दिन थाले। हुनत म तेस्तो निराशाबादि नि हैन, के गर्ने समय अनि परिस्थिति ले अब पहिले जस्तो जोश र जांगर भने थिएन, भएर नि क गर्ने आफ्नो मिल्ने साथीभाइ नि पनि त तात्नु पर्यो नि।
बिदेश, बिदेश भन्दा भन्दै बिदेशिएको नि १२ वर्ष बितेछ। आज को यो नयां साल मा सबै पुराना यादहरुलाइ म रीफ्रेश गरि रहेको थिए, केहि तिता त केहि मिठा याद का साथ केहि लेख्न खोजि रहेको थिए। नाम र दाम को ळोभ मा, साथी हरु बिदेशिएको जोश मा कति साथिहरुलाइ मात्र एअरपोर्ट छोड्न जाने भन्दा भन्दा आफु नि बिदेशियो। सबै याद छ मलाइ भिसा को लागि गरेको दुख: र देश छोडेर आएको पीडा। I.SC सकेर त साथिहरु बिदेश खुब गयो, कोहि इन्डिया, कोहि पाकिस्तान, कोहि कोरिया, कोहि अमेरिका, कोहि अस्ट्रेलिया त कोहि का, आफु पर्यो I.sc ma back अरुलाइ एअरपोर्ट पुर्र्याउदै ठिक्क। साथिहरु भेट हुदा गफ गर्यो, फलानो साथि त गयो नि डक्टर पढ्न, फलानो गयो इन्जिनियर पढ्न, फलानो को त लाइफ बन्यो यार यस्तै कुरा गर्यो बस्यो। मन मा कता कता आफुलाइ पनि इरश्या लागेर आउथ्यो आफु केहि बन्ने र केहि हुने सपना कसैलाइ सुनाउन सकिएन। साथिहरुले बिदेश बाट फोन गर्थ्यो र सुनाउथ्यो यहा को दुख: पीडा तर त्यो बेला सब नाटक लाग्थ्यो अनि लाग्थ्यो सालाहरु आफुहरु गयो अहिले मलाइ बिदेश नजा भन्या जस्तो लाग्थ्यो, कहिले त मलाइ सान्त्वना को लागि मात्र भनेको हो कि जस्तो नि लाग्थ्यो त कहिले जिस्काको हो कि जस्तो ----र मन मा आफ्नो इच्छालाइ कठोर बनाउथे। आफ्नो नि I.Sc सकेपछि बिदेश जाने रहर ले खुब लागियो भिसा को तायारी को लागि र अहिले ति सबै मेरो मेरो आंखा अगाडि नाचि रा छ। यहा आइयो, यहि पढाइ नि साकियो, बिहे गरियो, बच्चाहरु को बाउ भइयो, काम पनि राम्रो छ, स्वास्नि को काम नि राम्रै छ तर जहिले नि आफु एक्लै महशुस हुने। छोराछोरी ले नेपाली बिर्सेर अंग्रेजी बोलेको सुनेर जिउ सिरिँग हुन्छ, नेपालमा भए दंग हुन्थ्यो होला, आफ्नो सन्तान ले अंग्रेजी बोलेको सुनेर् । हुन त साथिहरु ले मलाइ गालि नगरेको नि हैन, म धेरै भावुक भयो भनेर। कहिले काहि लाग्छ मलाइ अब कति वर्ष यसरी बिदेश मा पसिना बागाउने, केहि ठुलो काम गरे बोस ले गुड जब त भन्छन् तर कस्को लागि गरे? काम गरे बापत पैसा त पाउथे तर मैले आफ्नो देश र परिवार को लागि के गरे त भन्ने प्रश्न हरुले मलाइ पोल्छ् । नेपाल गएको बेला साथी हरु लाइ सल्लाह लिने हेतु ले हामी केहि गरु न, म यहा फर्केर केहि गरु भन्दा साथिहरु मालाइ उडाउथ्यो, किन आउन खोजेको तँ भनेर, आउने भए ४-५ करोड लिएर आइज रे नत्र मज्जा ले यहि बस रे, बेला बेला मा घु्म्न आइज रे हैन भने हामीलाइ नि त्यहा बोला रे। फेरि नेपाल गएर टिक्न सकिने हो या हैन, साथिभाइ, छीमेक ले के भन्ने हो भन्ने डर नि छ, कतिले तँ खुस्किन लागिस कि भन्छन् कस्तो समय आयो आफ्नो देश फर्किने कुरा नि आजकाल पागल को रुप लिने -- र यहि डर ले सधै को लागि नेपाल फर्कने आँट गर्न सकि रहेको छैन। पढाइ ताका त देश को अवस्था नि राम्रो थिएन नेपाल जाने रहर हुदा हुदै पनि बिदेशमा अर्काको लागि पसिना चुहाउन बाध्य थिए तर अहिले त देश को अवस्था पनि राम्रो हुने आशा छ। देशको हालत ठीक हुने छाटकाट छैन भन्ने हरु नि नभएको त हैन तर पनि निर्णय त आफ्नै हो। यसरी नै मेरा दिन हरु आफै प्रश्न गर्छु र आफ्नो पहिचान खोज्छु अनि छोराछोरी संग रमाउन खोज्छु अनि हरेक नयाँ साल मा नेपाल फर्कने आशा गर्छु , हेरु कति को सफल हुन्छु म आफ्नो देश र परिवार को लागि आफ्नो माटोमा पसिना बागाउन -----------------