From mysansar.com
एउटा ‘मुर्दा’ नगरको यात्रा
Filed under: समाचार र विचार, फोटो ब्लग, भिडियो ब्लग — Administrator @ 12:12 am
सबै फोटोः उमेश
सानो हुँदा ‘सुन्नेलाई सुनको माला..’ जोडिएका लोककथाहरुमा एक राजकुमार एउटा शहरमा पुगेको र पूरै शहर सून्य, कोही मान्छे नदेख्दा अचम्म भएको जस्ता कुराहरु सुनिन्थ्यो। केही दिनअघि काठमाडौं कै एउटा ठाउँमा जाँदा मैले त्यही लोककथा झल्झली सम्झिरहेको थिएँ। साँच्चै मूर्दा नगर जस्तो थियो त्यो। सुविधासम्पन्न र सफा ठाउँ, तर मान्छे भने नदेखिने !
साथी आएको थियो पोखराबाट। एकदम मिल्ने साथी धेरै वर्षअगाडिदेखि। तर अहिले हाम्रो विचारमा भिन्नता छ। उ कट्टर राजावादी भएर निस्केको छ। म भने राजा देशमा रहन हुन्न भन्ने मान्यताको मान्छे। उ यहाँ आउँदा राजा र राजतन्त्रको विषयमा हामीबीच चर्का बहस भए। न उनले मलाई उनको विचारमा आश्वस्त पार्न सक्यो, न मैले नै उनलाई मेरो विचारमा। जनआन्दोलन-२ को पनि म त कट्टरविरोधी भनेर उसले भनेको सुन्दा अलि अनौठो लागेको थियो। तर यो विषयमा उसको र मेरो विचार पटक्कै नमिले पनि अरु कुरामा भने उसको र मेरो मित्रताको तुलना कसैसित हुन सक्दैन।
त्यही साथीको एउटा आर्मी आफन्त थियो। उसैको निवासमा गएका थियौं हामी। निवास रहेछ सीतापाइलामा रहेको व्यवस्थित आवासमा। ५० लाख घटी घर पाइन्न रे त्यहाँ- उ सुनाउँदै थियो। आफ्नो त कोही आफन्त त्यस्तो क्षेत्रमा बस्दैनन्। त्यसैले हेरिदिउँ न त भनी उसित उसको आफन्तको घर हेर्न गएको थिएँ।
गेटबाट भित्र छिर्न बित्तिकै एउटा अर्कै दुनियाँमा पुगे जस्तो लाग्यो। सुनसान…! एक जना मान्छे पनि नदेखिने बाहिर त। मान्छे नभएपछि त सुविधासम्पन्न ठाउँ पनि कृत्रिम जस्तो लाग्ने..मुर्दा नगर जस्तो लाग्ने…! काठमाडौंको जताततै फोहोर देखिरहेको आँखा, सफा देखेपछि पनि खटकिने पो रहेछ। एकछिन त्यहाँ बस्दा पनि उकुसमुकुस लाग्यो मलाई त। अर्कै दुनियाँ रहेछ। मेरो अविवाहित साथी जिस्कँदै थियो- के हो, यहाँका केटाकेटीहरुको त लभ पनि पर्दैन होला है। मान्छे नै बाहिर ननिस्कने रहेछ।
यहाँ त साथीभाइ, छरछिमेक भन्ने पनि नहुने रहेछ कि क्या हो- सबै आफैमा मस्त, घरभित्रै मस्त। साथीको आर्मी आफन्तको घर बल्ल-बल्ल पत्ता लगाइयो। घरभित्रबाट हेर्दा चाहिँ कस्तो हुने रहेछ भन्ने उत्सुकता मेरो सिभिल इञ्जिनीयरिङ पढेको साथीको थियो। तर आर्मी आफन्तले त ढोका छेउबाटै कुशलमंगल सोधेर विदा गराइदियो- भित्र आउसम्म भनेन।
त्यसपछि त्यो ‘मुर्दा’ नगर चहार्दै हामी बाहिर निस्क्यौं। बाहिर निस्केर चक्रपथमा पुगेपछि बल्ल खुल्ला हावामा श्वास फेरेको जस्तो महसूस भयो। हामी जस्तो सर्वसाधारणका लागि त्यो ठाउँ हैन जस्तो लाग्यो। यो त हामी जस्तासित सम्पर्कमा आउँदा आफ्नो इज्जत घटेको महसूस गर्ने धनाढ्य तथा नवधनाढ्य वर्गहरुको बासस्थल जस्तो लाग्यो। कसो ? साथी भन्दै थियो- ठीक हो।
‘मुर्दा’ नगरको साइबर यात्रा गर्ने हो भने तलको भिडियोको प्ले बटन क्लिक गर्नुस्।
अथवा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
9 प्रतिक्रियाहरु
salokya jee,
I had a similar uncanny feeling when i first arrived in US,there were no people on the street and in many places no footpath too.And where ever they were u had to press a button on the traffic lights pole and wait for the WALK sign to appear to cross the road.
Only when i came to New York that i felt i was at home,people on the street,on the subway and a lot of deshis(common terms for south asians).
Its good to know that we have planned housing in Nepal.I have visited the website of civil homes too,they seem to be doing well.
Lastly I like your blog simply because I can connect with you as an ordinary Nepali and not with many journalists in Nepal who are backed by interest groups.Have you noticed a trend in Kantipur publication.They will publish the atrocities of maoists in
www.ekantipur.com and kathmandupost but not on the Kantipur magazine,in today’s issue (yesterday in Nepal) u will see the story of the british gorkha family looted by the maoists in ekantipur and kathmandupost and not in Kantipur.I have noticed this many times and you can also follow it up and i know u will also notice it.Kantipur is read by a lot of nepalis and hence is it an attempt to hide the facts from the common man and by publishing it in kathmandupost and ekantipur,show that they are publishing the terror of maoists? If this is not a conspiracy then what is it?? who are they serving ? I admired them for their role in Jana andolan 2 but now i am questioning myself,was it for democracy or for their own interest??
I admire your bold blog and its equal treatment to everyone.Keep it up,best of luck.
Comment by prabal — September 20, 2006 @ 12:55 am
सबै तिर राजनितिक नाराहरु ले नभरियेको भयेर नै तपाइ हरु लाइ मुर्दा नगर लागे होला है! लात्ता ले घर क़ा भित्ता मा हान्दै, बाटोमा पिच्च पिच्च थुक्दै अप शब्द बोल्दै हिड्ने हरु को जमात नहुनाले पनि होल है! तेहा रहने घमन्डिहरु लाइ छोडेर, ठाउ भने मन पर्यो मलाइ ! युरोप तिर को जस्तै मोडेल रहेछ!
video ko lagi thanks umesh jee.
Comment by C.M. Sapkota,Spain — September 20, 2006 @ 12:57 am
Umesh Ji,
Like you I can’t also afford to live in such places but I think your title “Murda Nagar Ko Yatra” expresses jelousy rather than research. Thanks for your photo and video
Comment by Ajaya — September 20, 2006 @ 1:22 am
ह्याया,
साधारण कुराँनि किन टाउको दुखाइरहेको । राम्रै रैछन् त घरहरु, बिजुलिका तारहरुचाँहि गाडेकोभए हुन्थ्यो हुनत। त्यसरी भिडियो क्यामेराले अर्काको घरतिर ताक्दै खिच्दैहिंड्दा कसैलेपनि केही नभन्ने/नगर्ने ठाउँमा जतिसुकै गेट बनाएपनि केही होला जस्तोभने लागेन। कि अनुमति लिएरनै खिचेको हो हँ उमेशजी ?
Comment by infidel — September 20, 2006 @ 1:23 am
Hello Umesh bro thX hai VDO ko lagi …
Yo sub ghar haru ma Dhani manche bhaschhan …
Hami garib Janata ko paisia ma moj gare ka chhan ….
Yo sub gahr haru ma thul thul neta haru ko natedar haru baschhan … Eakdin iniharu pani hami jasto Jhupadi ma basnu parchha … Tyo din kahile aaucha hola Umesh bro?
Comment by Khusiman hipup — September 20, 2006 @ 1:37 am
हिपुप् ले अब यहि भिडियो हेरेर एउटा घर छानिराखे भयो नि अहिलेदेखि नै। भोलि झोपडीतिर घरधनीलाई लखेटिसकेपछि घरहरु रोज्न अलि हानाथाप हुने हो कि ?
Comment by infidel — September 20, 2006 @ 2:11 am
Good work Umesh,
I like your blog and informations provided by you. Heading shows your jelousy. you could say “SOONE BASTI” or “SANTA NAGAR”.
I don’t have a house like in picture but i just don’t like the Heading.
Comment by cyber — September 20, 2006 @ 2:56 am
You should visit during the evening to see birds (:
Change your title…You should know by now that you are very popular among rich fellows too:
^^^^^houses are great..your effort is appreciatable too.
Comment by thuldai — September 20, 2006 @ 4:46 am
We need that type of buildings much more.
But we do not need so called proudy residents there.
Man pani safa, tan pani safa , ghar pani safa ani bato ghato pani safa…..Testai Chahiyo………..
Prachanda afaile ta Europe Dekheko chha chhaina Thahachaina tar Maile chahi yo gharharu Europian Model sanga Tulan Garna Layak paye. Tyo bhanda pani ramra ghar banun….Bishal dil banun….sayad thehita holani Prachandako Switzerland ko dhoko.
Comment by Anjan — September 20, 2006 @ 5:54 am
RSS feed for comments on this post.
Sorry, the comment form is closed at this time.