[Show all top banners]

Question

More by Question
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 त्रिशूल जात्रा
[VIEWED 4632 TIMES]
SAVE! for ease of future access.
Posted on 06-23-06 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मचातिया त्रिशूल जात्रा
(GMT5.5)


पदम श्रेष्ठ



पशुपतिको त्रिशूल जात्राबारे अँख्यान यस्तो छ ः नागार्जुन पहाडको राक्षसले ग्वल देवपत्तन पाशुपत क्षेत्रका केटाकेटीलाई जबर्जस्ती लुटेर लाने र बीभत्स रूपले हत्या गरी खानेगर्दथे। राक्षसबाट आजित ग्वलवासीले पनि भूवनेश्वरीका पूजारी भूमि आचाजुको सल्लाहअनुसार उसैका छोराछोरी ल्याई तन्त्रबलको प्रभावमा हत्या गरी त्रिशूल घोपी देश परिक्रमा गरी प्रतिशोध साँधेछन्। भनिन्छ राजा अमर मल्लको राज्यकालमा पाशुपत क्षेत्रका अष्टमातृका देवी जगाई मचातिया जात्रा चलाएपछि देशवासीले कहिल्यै नागार्जुन राक्षसको भय बेहोर्नुपरेन।

मचातिया जात्रामा मङ्गलेश्वरी, भूवनेश्वरी, जयवागेश्वरी, वत्छलेश्वरीका साथ जात्रामा मुसल शृङ्खल, त्रिशूल, बली, छुरा र पास आदिको खट बनाई कुमार-कुमारीलाई त्रिशूलले खोपी देश परिक्रमा गराइन्छ।



प्रत्येक वर्षअसार शुक्ल पक्ष भलभलाष्टमीका दिन श्रेष्ठ थरका नेवारको नेतृत्वमा हुने मचातिया जात्राका लागि वैशाख शुक्ल पूणिर्मा बुद्ध जयन्तीका दिन जगवागेश्वरी देवीको वर्षर्द्धन पूजाको रात कुमार-कुमारी छँन्ने परम्परा छ। नौ जातका नेवारद्वारा चार दिनसम्म चलाइने यस जात्रामा पशुपति भूवनेश्वरीबाट अर्कै खटमा लासरूपी छुट्टै खट पनि निकालिन्छ। भण्डारी विशेष थरका श्रेष्ठ जातको नेतृत्वमा निकालिने लास जात्राको पछिपछि काठमाडौँवासीलाई गाली गर्दै नगर परिक्रमा गराउने परम्परा छ।



अर्को आख्यानअनुसार एक समय पशुपति क्षेत्रका अष्टमातृका पीठमध्ये एक भूवनेश्वरी मन्दिरमा पूजा गर्न भूमि आचाजु हिँडिरहेको बेला छोरा पछिपछि आइरहेको पूजारीलाई थाहा भएनछ। पूजा सकिएपछि त्रि्रो पछाडि आइरहेकोलाई मेरो लागि बलि देऊ है त भनी बाचा गराउँदा पछाडि हर्ेदै नहेरी हुन्छ भनिदिएछन्। बलि दिन यसो पछाडि हर्ेदा आ�नै छोरो देखेपछि आत्मग्लानि गर्दै बाचामुताविक बलि दिएछन्। देवीसामु छोरो बचाइदिन आग्रह हुँदा देवीले अमुक स्थानबाट अमृतघडा ल्याइदिए छोरो बाँच्ने बताइछन्। छोरा बचाउने अमृत घडा लिन भूमे आचाजु देवस्थलको ढोका बन्द गरी अमुकस्थानमा गएको बेला आचाजुकी श्रीमतीले नियम विपरीत ढोका खोली हेरिछन्।



मन्दिरभित्र छोराको लास देखेपछि भूमि आचाजु छोराको हत्या गरी भागेछन् भन्ने सम्झी काठमाडौँवासी माइती खलकको सहयोगमा छोराको सद्गत गरिदिएछन्। उता भूमि आचाजु अमृत घडा लिई हालको नयाँ वानेश्वर छक्कुवक्कु पुग्दा एक जना कुश्लेले त्रि्रो छोराको त लास जलाइसकियो भन्दा भूमि आचाजु रिङ्गटा लागी त्यही ढल्न पुगेछन्। भनिन्छ अमृतको घडासहित भूमि आचाजु शिला समाधिमा परिणत भएको हुँदा आज पनि सो स्थानमा छक्कुवक्कु अजिमाको मन्दिर स्थापित छ। पतिको आदेश विपरीत आँगन देवता खोलेर हेरेको र पत्रि्रति विश्वास नगरी माइती पक्षको ओढ ढाकेको भन्दै प्रत्येक वर्षभलभला अष्टमीका दिन मचातिया जात्रा अर्थात् बालकलाई त्रिशूलले घोपी गरिने त्रिशूल जात्रा गर्ने परम्परा हुँदै आइरहेको छ। जुन जात्रा यसवर्षअसार ५ गते भएको थियो।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters