[Show all top banners]

Ignitor
Replies to this thread:

More by Ignitor
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जनआन्दोलनको कार्यक्रम
[VIEWED 3656 TIMES]
SAVE! for ease of future access.
Posted on 04-16-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनआन्दोलनको कार्यक्रम




वैशाख ३ गते काठमाडौंमा सम्पन्न संयुक्त जनआन्दोलन केन्द्रीय संयोजन समितिले शान्तिपूर्ण संयुक्त जनआन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउन निम्न निर्णय गरेको छ ः
१. प्रतिगामी शाही सत्ताले सिर्जना गरेका अनेकौं प्रतिकूलतालाई चिर्दै सात राजनीतिक दलको नेतृत्वमा शान्तिपूर्ण तथा संयुक्त जनआन्दोलन सञ्चालन भइरहेको छ । चैत २४ बाट सुरु भएको आमहडताल र जनप्रदर्शन ऐतिहासिक रूपमा सफलतातर्फ उन्मुख छ । आन्दोलनमा आमजनताको सहभागिता दिनानुदिन बढ्दै गइरहेको छ । कर्मचारी र पेसाकर्मीहरू सरकारी आदेशको अवज्ञा गर्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलन दबाउन सरकार हिंस्रक र बर्बर ढंगले उत्रिएको छ । यो अत्तालिएको र पराजित मानसिकताको द्योतक हो । अहिलेसम्म ७ योद्धाले शाही सत्ताको गोली प्रहारबाट शहादत वरण गरिसक्नुभएको छ । हजारौं घाइते र हजारौंहजार गिरफ्तार भएका छन् । दर्जनौं आन्दोलनकारीलाई लापत्ता गरिएको छ । लाखौंलाख जनता सडकमा ओर्लिएका छन् । आन्दोलनले वास्तविक अर्थमा जनआन्दोलनको स्वरूप ग्रहण गरेको छ र यो क्रमशः सफलता नजिक पुग्दै छ । तसर्थ आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनका अहिलेसम्मका कार्यक्रमलाई सफल बनाउन सहयोग समर्थन तथा सहभागिता जनाउनु हुने सबैलाई धन्यवाद दिँदै चालू जनआन्दोलनलाई अझ उचाइमा लैजान र सफलताको विन्दुमा पुर्‍याउन आम जनसमुदायलाई सम्पूर्ण शक्ति र सामथ्र्यका साथ सडकमा उत्रन आह्वान गर्दछौं ।

२. शान्तिपूर्ण संयुक्त जनआन्दोलनलाई उत्कर्षमा लैजान निम्नानुसारका कार्यक्रम सम्पन्न गर्न आह्वान गर्दछौं ः

-क) काठमाडौंको चक्रपथमा वैशाख ७ गते सात राजनीतिक दल र निकटका जन, पेसागत, सामुदायिक, नागरिक, मानव अधिकार संगठन, मजदुर, किसान, महिला, आदिवासी, जनजाति, दलित, मधेसी समुदाय, अपांग, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, व्यापारी, उद्योगपति, कानुन व्यवसायी, पत्रकार, कलाकार, साहित्यकर्मीलगायत राष्ट्रिय जीवनका सबै तह र तप्काका आम जनसमुदायको सहभागितामा 'एकीकृत जनआन्दोलन पदयात्रा र विशाल विरोध प्रदर्शन' आयोजना गरिनेछ । उक्त आन्दोलनमा सहभागी हुन सम्पूर्ण संघ-संस्थाहरू र आम जनसमुदायलाई आह्वान गर्दछौं ।

-ख) ०६२ चैत २४ गतेदेखि आरम्भ भएको आमहडताललाई अझ सशक्त र प्रभावकारी ढंगले अघि बढाउन आह्वान गर्दछौं । शिक्षण संस्था, यातायात, बजार, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालय, निजी, संयुक्त लगानी र सार्वजनिक क्षेत्रमा कार्यरत बैंक एवं वित्तीय संस्था, सार्वजनिक संस्थान तथा अन्य कार्यालय, हवाई यातायातलगायत सम्पूर्ण क्षेत्रलाई पूर्ण रूपमा आमहडतालमा उत्रिन आह्वान गर्दछौं ।

-ग) आमहडतालको अवधिमा उपत्यकालगायत सबै जिल्ला सदरमुकामसहित प्रमुख सहर तथा ग्रामीण क्षेत्रमा शाही सत्ताको कफ्र्यु आदेश, निषेधाज्ञालगायत सबै प्रकारका अवरोध तोड्दै भइरहेका विशाल जनप्रदर्शनलाई निरन्तर जारी राख्न र अझ बढी सशक्त तुल्याउन आह्वान गर्दछौं ।

३. राष्ट्रव्यापी रूपमा निरंकुश शाही सत्तालाई पूर्ण रूपमा अवज्ञा तथा असहयोग गर्न निम्नानुसारका कार्यक्रम सम्पन्न गर्न आह्वान गर्दछौं ः

मिजदुर, किसान, महिला, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, व्यापारी, उद्योगपति, कानुन व्यवसायी, डाक्टर, स्वास्थ्यकर्मी, पत्रकार, इन्जिनियर, पाइलट, साहित्यकार, कलाकार, मानव अधिकारकर्मीलगायत सम्पूर्ण जनसमुदायले आ-आफ्नो काम, पेसा तथा व्यवसाय रोकेर शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा उत्रन ।

ििनजामती, निजी, संयुक्त र सार्वजनिक क्षेत्रमा कार्यरत बैंक एवं वित्तीय संस्था, सार्वजनिक संस्थान एवं निजी क्षेत्रका कर्मचारीले सरकारी आदेशको अवज्ञा गर्दै कामकाज रोक्न र शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा उत्रन ।

सिुरक्ष्ााकर्मीहरूले जनआन्दोलन दमन गर्ने सरकारी आदेशलाई अवज्ञा गर्न । सुरक्षाकर्मीका परिवार तथा आफन्तजनलाई सोका निमित्त क्रियाशील रहन ।

सिाना किसान तथा मझौला र घरेलु उद्यमीहरूको बैंक ब्याजलगायत सम्पूर्ण करदाताहरूले कर, भंसार महसुल, भ्याटलगायत कुनै पनि महसुल नबुझाउन र सम्पूर्ण उपभोक्ताले मालपोत, पानी, बिजुली, टेलिफोनलगायत कुनै पनि प्रकारको महसुल नतिर्न । ०६२ चैत २४ पश्चात्का महसुल नबुझाएबापत हुने जरिवानालगायतका सजाय लोकतन्त्र स्थापनापश्चात् माफी मिनाहा गरिनेछ ।

विैदेशिक रोजगारीमा संलग्न नेपालीले यो अवधिमा मुलुकभित्र रेमिट्यान्स नपठाउन ।

रिाजा र राजपरिवारको स्वामित्व तथा संलग्नतामा सञ्चालित उद्योग व्यवसायका उत्पादन तथा सेवा बहिष्कार गर्न ।

४. वर्तमान निरंकुश शाही सरकार आमनेपाली जनताको भावनाविपरीत उभिएको छ । सरकार जनताको शान्तिपूर्ण जनप्रदर्शन गर्न पाउने संवैधानिक एवं लोकतान्त्रिक हकका विरुद्ध अत्यन्त क्रूर एवं बर्बर दमनमा उत्रिएको छ । देशमा अपारदर्शी तानाशाही शासन लादिएको छ । शाही सत्ताले भ्रष्टाचार गरेर ब्रह्मलुट मच्चाएको छ । साथै राज्यकोषको दुरुपयोग गर्दै शाही सत्ताले जनआन्दोलन दबाउन अबौर्ं रुपैयाँ खर्च गरिरहेको छ । तसर्थ अहिलेको अवस्थामा निरंकुश तथा असंवैधानिक शाही सत्तालाई अनुदान, ऋण तथा अन्य कुनै पनि प्रकारको सहयोग नगर्न नेपालका मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय र वित्तीय संस्थालगायतका दातृसंस्थाहरूलाई आह्वान गर्दछौं । साथै शान्तिपूर्ण जनआन्दोलनलाई निरन्तर समर्थन गर्न पनि आह्वान गर्दछौं ।

५. पूर्ण लोकतन्त्र, शान्ति, अग्रगमन, स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा रही सात राजनीतिक दल र नेकपा -माओवादी) बीच भएको समझदारी -मंसिर ७ र चैत ६ गते) बमोजिम सञ्चालित शान्तिपूर्ण जनआन्दोलनमा उल्लेखित कार्यक्रमलाई समर्थन गर्न नेकपा -माओवादी) लाई आह्वान गर्दछौं । साथै समझदारीको इमान्दारितापूर्ण परिपालनाका लागि ध्यानाकर्षण गर्दछौं ।

६. जनआन्दोलनका घाइतेहरूको उपचारका लागि जनस्तरबाट कोष खडा गर्ने सह्राहनीय कार्य भइरहेको छ । यस्ता कोषहरूलाई विस्तार गर्दै व्यवस्थित ढंगले परिचालित गर्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

७. शाही निरंकुश सत्ताले शान्तिपूर्ण संयुक्त जनआन्दोलनविरुद्ध राज्य संरक्षित भिजिलान्तेहरूको प्रयोग गर्दै नागरिकको जनधनमा समेत क्षति पुर्‍याउने र राज्य आतंकको सिर्जना गर्ने कार्य गरिरहेको छ । तसर्थ यसतर्फ सचेष्ट रहँदै शान्तिपूर्ण ढंगले क्रियाशील रहन देशव्यापी रूपमा 'नागरिक टोल सुरक्षा समिति' गठन गर्न आह्वान गर्दछौं । शान्तिपूर्ण संयुक्त जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र स्थापना गर्नेछ भन्ने हाम्रो विश्वास छ । तसर्थ आन्दोलनका घोषित कार्यक्रमहरूमा आत्मविश्वास, निष्ठा, समर्पण र लगनशील भएर सहयोग समर्थन तथा सहभागिता जनाउन आम जनसमुदायलाई आह्वान गर्दछौं ।
Source : - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=71338
 
Posted on 04-16-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सातदलको जनआन्दोलनको यस खेपको कार्यक्रमको सारांश:

"आन्दोलनको लक्षबारे हामी स्पष्ट भईसकेका छैनौ । तर जनता हो, तिमेरु चाहि आन्दोलन जारी राख अहिलेलाई ।"


गतिलो नेतृत्व नभएर जनताले चाहिने भन्दा धेरै आन्दोलन र बलिदान गरिरहनु पर्ने भयो ।
 
Posted on 04-16-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईग्निटर लगायतका केही साथिहरुलाई मेरो सानो गुनासोः

मलाई नेपालीमा लेख्न अति मन पर्छ, पढ्न त झनै। सबभन्दा मलाई मन नपर्ने भनेको रोमन नेपालीमा लेखेको कुरा। बरु अंग्रेजीमै लेखेको मन पर्छ, रोमानाईज्ड नेपालीमा लेखेको भन्दा।

यदि नेपालीमा नै लेख्नु छ भने नेपाली अक्षरकै किन प्रयोग नगर्ने? रोमनाईज्डमा किवोर्ड छिच्न सक्नेले नेपाली अक्षरमा लेख्न सिक्न १ घण्टाभन्दा पनि कम समय लाग्छ (मैले १ बर्ष अगि भोगेको कुरा)। अहिले त झन् धेरै सजिला प्रोग्रामहरु डिभलप भैसके होलान्।

तर,

साझामा टपिक्स पनि नेपाली अक्षरमा पेष्ट गर्दा डिस्टोर्टेड भएर एउटा शब्द पनि ३ लाईन हुन्छ। त्यसैले मेरो निवेदन के भने, टेक्स्ट चाहिँ नेपालीमा र टपिक्स चाहीँ ईञ्लिस अथवा रोमनाईज्ड नेपालीमा (कृपया टपिक्सलाई सकेसम्म छोटो परौँ न --- एउटै लाईनमा अट्ने गरेर) लेखौँ र साझालाई अझ राम्रो लुकिंग दिउँ है।

उही (आँसुबाट सापट लिएको शब्द)
-जनरल माने साधारण
 
Posted on 04-16-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजी,

अहिलेका हुतिहारा नेताहरुबाट खासै राम्रो कुरा निस्कँदैन। यिनिहरुले राम्रोसँग कुरा बुझेका छन् तर पनि बुझपचाएर नबुझेजस्तो गर्छन् (हिँजोको कान्तिपुरमा लेखेको लेख र तपाईँ र न्युयुजरले गरेको कुरा!)

यिनीहरुलाई ठीक पार्न जनता कसिँदैछन्। जनताले भनेको मान्दैनन् भने नेताहरु पनि ज्ञानेन्द्र जस्तै हुन्छन्। मलाई त खुशि यस मानेमा लागेको छ कि, नेताहरुले यसैगरी मति छाड्दै गए भने, यनिहरुलाई पनि ज्ञानेको पछि पछि सति पठाउनु पर्छ, अनि त बन्छ, राम्रो देश।

"नयाँ नेता खोजौँ। राजतन्त्रको समुल नष्ट ग-यौँ र नयाँ नेपालको निर्माण शुरु गरौँ। - जनरल
 
Posted on 04-16-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनताले साँचै नै धेरै दुख भोगी राखनु परिराछ, नेताहरु चाँही गती दिन सक्या हैन, खाली दुख कस्ट मात्रै भोग भनेर भन्छ । साँचिनै दयनिय छ अबस्था ।
 
Posted on 04-17-06 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलोकप्रिय नेताहरुलाई लात हानेर फाल्ने भनेको निर्वाचन नै हो । अरु बेलामा गरिने आलोचनाहरुले जनमत निर्माण गर्ने मात्र हो, सामान्यतया ।

अबको क्रान्ति पछिको गणतन्त्रमा राष्ट्रपतिको प्रत्यक्ष (देशव्यापी) निर्वाचन हुने व्यवस्था गरिने कुरा निश्चित छ । यस्तो निर्वाचनमा गिरिजा कोईराला र उनका पारिवारिक उत्तराधिकारीहरुले सरकार प्रमुख हुन पाउने सम्भावना ह्वात्तै घट्छ (अहिले पो एउटा सानो निर्वाचन क्षेत्रबाट निर्वाचित भयो, पुग्यो) ।

नेपाली कंग्रेस गिरिजाको एउटा सानो अधिराज्य नै हो । र अहिले सात पार्टीमाथी पनि वर्चस्व कायम गरेपछि त गिरिजा आफ्नो रजौटातन्त्र कायम राख्न महाराज ज्ञानेन्द्र जत्तिकै विश्वस्त र दृढ छन् ।

आन्दोलन गणतन्त्रमय हुँदा पनि गिरिजाले आन्दोलनलाई अल्मल्याउन खोजेको एउटा कारण त्यहि हो ।

अब सबाल हो, नेपाली कंग्रेसका सक्कली परिवर्तनवादीहरु गिरिजाका नपुंसक "प्रजा" भएर बस्छन् कि विद्रोह गर्न कम्मर कस्छन् भन्ने हो । र यो सबालको उत्तर मिलेन भने अर्को सबाल हो, जनआन्दोलनले गिरिजालाई के गर्छ ? गिरिजालाई irrelevant प्रश्नको रुपमा हेरेर अघि बढ्ला कि, क्रान्तिको बाधकको रुपमा भेटेर यथोचित सम्मान टक्र्याउला ?

यस प्रश्नको उत्तर अधिरताकासाथ पर्खिरहनेछु म, किनभने यसै प्रश्नको उत्तरमा निहित छ कस्तो quality को क्रान्ति हुनेछ भन्ने कुरा ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters