म को हुँ?
म राजा हुँ, नेपाली जन्ताहरुको ।
राजा हुनु मेरो उदेश्य थियो ।
मैले के गरिन?
देशको मुर्तिहरु बिदेशिलाई बेचिन कि?
राष्ट्रिय, अन्तराष्ट्रिय लागुऔषधको व्यापार गरिन कि?
मेरो उदेश्य अनि महत्वकांक्षाले,
आफ्नै रगत – दाज्यु बिरेन्द्रको जरै देखि उन्मुलन गरिन कि?
यो सबै किन गरेँ?
मेरो उदेश्य थियो, मलाई तेहाँ पुग्नु थियो।
गर्नु नहुने जति गरिसकेँ ।
मलाई अब के को डर?
मलाई अब कस्को डर?
कस्ले मलाई के गर्न सक्छ?
“म राजा हुँ ।”
तिमि जन्ताहरु जति कराउनु छ
कराउँदै गर्नु ।
“काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ”
जन्ताहरु हो, जतिलाई मर्ने इच्छा छ मर्दै गर ।
मारेरै भएपनि म राज गर्ने नै छु ।
मैले त दानवियरुप लिईसकेको छु,
मलाई मार्न र मर्नको लागि कुनै डर छैन ।
भारत सँग पनि लाग्दैन मलाई डर,
अमेरिका लाई मेरो व्याक्तिगत माम्ला मा के को कर?
जतिन्जेल सम्म मार्न सक्छु, मार्ने छु,
अन्तिम परेछ भने,
राजा भएरै छाडेँ, राजै भएर मर्ने छु!!