सन्सार को टप ५ तलाउ मध्य १,कारण के होला त? तलाउ, हिमाल,.... यस्तो आकर्सक फोटोमा आधा भन्दा बढि भाग त एउटा गाउले ढाकेको छ ।
त सब भन्दा कूल के रहेछ ? त्यो गाउ ?पहिला त दन्ग पर्दै हेरे । हेर्दा हेर्दै आखा रसाए , म त रुन पो पुगेछु । कारण यो मेरो गाउको फोटो थियो । मलाइ फोटोका
प्रतेक बस्तुले भन्दै थिए, ए डाडाघरे बाबु सन्चै छौ ? सन्चै छु , म भाभुक हूदै मन मनै बोल्छु । मन मनै भन्छु , तिमीहरुलाइ मेरो मुटुमा सधैभरी राखेको छु ,
यता उता हेर्दै आखा पुछ्छू । एकछिन टोलाए अनि फेरि फोटोलाइ रम्ररी हेरे । कति प्रस्ट थियो तस्बिर , घर्तिनी साइलिको आपको रुखपनि प्रस्टै दिखिन्छ । कति खाए
त्यस रुखका आप , मुखनै रसायो। थुक निल्दै आखा डूलाए , ओहो पधेरोमाथिको पाखूरीको रुख पनि प्रस्टै देखे , कति खाइयो पकरदामका बच्चा ,बिचरि पकरदाम
सधै त्ेहि रुखमा गुड बनाउथि । मलाइ कन्ठै हुनथ्यो , कुन कुन रुखमा केका बच्चा छन् भन्ने । पाताल देखी आडि सम्म, उपल्लो गाउ देखि बिसी सम्म, सबै हाम्रै
एरिया थियो ।चराले मुखमा चारा लिएको दख्नने बित्तिकै म दउडिहाल्थे । तर जति नै चरा एक्सपर्ट भए पनि ढिकूरको गुड चाही पत्ता लगाउन गार्हो हुन्थ्यो । ढिकूर त सार्है
बाठो पो हुन्छ , गुड नै फेर्ने । तर अस्ति अफिसको पार्किन्गलटमा मेरै गाडिको छेउमा ढिकूर ढुक्कै चारा खोज्दै थिए , सायद याहाका ढिकुरको सेकूरिटि राम्रो रहिछ क्याहो ।
नेपालमा भएको भए त म ति ढिकुरलाइ अन्ग्रेजिमा बार काटेर शुक्र ( Fry) गर्दि हाल्थे ।
चरा खोज्ने क्रममा कति यस्ता कोड भासा प्रयोग गरिन्थ्यो । फेरी अरुले थाहा पाए सबै प्लाननै चौउपट भइहाल्थ्यो नि त । अनि त भनथ्यौ ,' माडुलाकोबेडा माखमारुडा
माकुरकोढिडा माडचगुडा , मासैलाइकडा माभनहैनडा ' - "बेडुलाको रुखमा ढिकुरको गुडच , कसैलाइ नभनहै " । चरा खोज्ने क्रममा कति त नाम नै थाहा नभएका
चरा भेटिनथे , त्यो धौखोलाको कडुजको रुखमा एउटा सानो चराका २६ अोटा बच्चा मेरै हातले गनेको , हात सुग्छु , कता कता ति चराका बच्चाका गु अजै
गनाएको भान हुन्छ । त्यो गन्धसगै म ल्यारपाटाको चउरमा पुग्छु , रुख चढ्दा दर्फराएका खुट्टा सुमसुमाउदै आराम गर्ने ठाउ थियो त्यो । तेति मात्रै काहा हो र ,
कता कता चराका गुड छन हाम्रो ग्रुपको सल्लाहा गर्ने सामहरिक महत्वको ठाउ थियो त्यो । ल्यारपाटो पारि जुकेपानि छ, बन मध्धे सबभन्दा चराको गुड हुने एरिया हो
त्यो । जुकेपानिमा गुड खोज्न रोमनच्कारी भए पनि घर एरियामा जस्तो गुड भेटिदैनथे किनकी चरालाइ घरवरि परि चारा खोज्न सजिलो हुन्थयो भने हामीलाइ घरवरिपरी
गार्हो,कारण आमा र स्यानियाहरुको गाइने भन्ने गाली खानु पर्थयो । एकदिन पकारदम पोलेर खादा मामाघर सानिमा आइपुग्नु भो , अनि त मामा घरपनि गालि गर्ना
थालिहाले नि,क्या बोर आफ्नो प्रोफेसनको बेइज्जत........