अमेरिका आएको एक महिना मात्र भएको रहेछ । कामको खोजीमा भौतारिरहेको थियो उ । भेटमा मैले सोधी हाले, 'कस्तो लाग्यो त भाई अमेरिका ?'
'नेपालबाट सोचेजस्तो रहेनछ दिदी अमेरिका,' उसले खिन्न हुँदै जवाफ दियो । 'ल्याएको पैसा सकिन लागिसक्यो काम पाएको छैन । कलेजको फी तिर्न के ले, खानु के ले उसले लामो श्वास तान्यो ।' उसको अनुहारमा देखिएको चिन्ताले मलाई पनि कस्तो कस्तो असहज बनायो । विद्यार्थी भिसामा पढ्न आएको उ ।
औलामा गन्न सकिने धनीमानीबाहेक आम नेपालीका सन्तान कनीकुथी ऋण सहयोग जुटाएर अमेरिका आउँछन् । उनीहरुले आˆनो मात्रै होइन आफ्ना परिवारका सपनाहरु पनि साथमै ल्याउछन् । त्यो सबै पूर्ति गर्ने बोझले यस्तरी थिच्छ जसबाट उम्किन मुस्किल पर्छ । हो, नेपालबाट देखेजस्तो सजिलो पक्कै छैन अमेरिका ।
बाबुआमाको लालन पालनमा सिन्को नभाचेका युवाहरुमा एक्कासी आफ्नो अभिभावकत्व आफैमा परेपछि सजिलो कसरी हुन्छ र ? फेरि भनेजस्तो काम र काम अनुसारको पारिश्रमिक पनि पाउनु पर्यो । सपनामा सरर हवाइजहाज चढेर मोटर गाडीमा डुलेजस्तो सजिलो छैन अमेरिका । न त डलर फल्ने त्यस्तो कुनै रुख नै छ । जसरी पाकेको आँप टप्प टप्प टिपेजस्तो टिप्न सकियोस । दिउसो कलेज, रातीको काम । रेस्टुरेन्ट र ग्यास स्टेशनमा हप्ताको सातैदिन काम । उसैमाथि टुसुक्क नि बस्न नपाई थाकी मर्दा चाहिँ बल्ल बुझिन्छ वास्तविक अमेरिका ।
विद्यार्थीहरुले काम पनि स्वतन्त्र भएर गर्न पाइने कहाँ हो र ? नियमले तोकेको हप्ताको २० घण्टाले सबै आवश्यकताको पूर्ति नभएपछि लुकी चोरी काम गर्नै पर्यो । काम गर्न पाउने कानुनी कागज (वर्क परमिट) नभएपछि मालिकले जति दिन्छ उती नै हात थाप्नै पर्यो । फेरि कामको पनि के स्थायीत्व हुनु ? हायर फायर गर्न सक्ने अधिकार पूर्ण रुपले मालिकमा हुँदा काममा ढुक्क हुन सकिन्न । अमेरिकामा स्थायी बसोवासको कानुनी प्रावधानतिर लागि पर्दा अर्को जटिल समस्या थपिन्छ । निराश हुँदै भन्छन् उनीहरु 'ब्यर्थै आइएछ अमेरिका ।'
अमेरिकी अपराध मानिने कुलत र दुब्र्यसनतर्फ पनि नेपाली युवकहरुको संख्या बढ्दै गएको पाइन्छ । यहाँको स्वतन्त्रता र मनोरञ्जनलाई स्वच्छन्द भएर अंगाल्दा भविष्य अन्धकारतर्फ उन्मुख हुने ठुलो खतरा सदैव छ । डिभी भिसामा आउनेहरुको कथा व्यथा पनि पिडादायी छ । एक्लै आउनेको तुलनामा परिवारसहित आउनेको संघर्षको कथा आफ्नै छ । कागजपत्र हुने बित्तिकै सबै समस्याको समाधान जादू गरेझैं हुने पक्कै होइन । बसेर खान पाइदैन काम गर्नैपर्छ । अफिसियल काम पाउन यहाँकै शिक्षा चाहिन्छ । नेपालको शैक्षिक योग्यताले यहाँ मान्यता पाउने होइन । अमेरिकामा आज सबैभन्दा बढी नेपालीले काम पाएको र गरेको ठाउँ भनेको ग्यास स्टेशन हो ।
तर, ग्यास स्टेशनको काम ज्यान जोखिममा राखेर गर्नुपर्ने बाध्यता छ । पैसाको लागि लुटेराहरुले हत्या गरि मारेका छन्, यहाँ काम गर्नेहरुलाई । त्यसमा कतिपय नेपाली पनि परेका छन् । अमेरिकाको विभिन्न राज्यहरुको ग्यास स्टेशनमा नेपालीहरुको हत्या भएको समाचारमा पढ्नु भएकै होला । व्यवसायिक स्टोरहरुमा १०/१२ घण्टा उभिएर काम गर्नुपर्ने बाध्यता एक ठाउँमा छ भने नियम कानुन नबुझ्दा अन्योलका अवस्था हुने अर्को कुरा छ । आफ्नो देशभन्दा कहाँ हो कँहा टाढा सात समुन्द्रपारी फरक भुगोलमा शुन्यबाट नयाँ संसारको सिर्जना गर्न सजिलो हुँदैन । फरक रितिथिति, परम्परा र संस्कृतिसँग घुलमिल हुन समय लाग्छ । त्यसैले सोचेजस्तो सजिलो छैन अमेरिका ।
यसलाई बुझ्न र नौलो परिपाटीसँग भिज्न निकै ठूलो संयम र धैर्य चाहिन्छ । यी यावत समस्याहरुसँग जुध्न सक्दा ठीक छ नसक्नेले निराश भई आत्महत्यालाई अंगालिरहेको तितो यथार्थ हामीसँग छ । वास्तविकताभन्दा पर टिभी र सिनेमामा देखेजस्तो, केही नेपालीले नेपालीलाई देखाउने खोक्रो शान शौकतमा फुल बुट्टा भरेजस्तो होइन अमेरिका । २०/२५ लाख खर्च गरेर दलाल मार्फत लुकीछिपी आउने, बीचबाटोमै समातिने वा अलपत्र पर्ने नेपालीहरुको अमेरिकाप्रतिको क्रेज देख्दा चाहिँ दुःखका साथ भन्न मन लाग्छ- किन आउछौं अमेरिका ?
ए बाबा Û कसले बुझाउने उनीहरुलाई ? अमेरिकाको नकरात्मक पक्षको मात्र चित्रण गरेर पाठकलाई दिग्भ्रमित पार्न निश्चय नै मेरो उद्देश्य होइन । यहाँको वास्तविकतालाई उजागर गरेकी हुँ । तितो यथार्थलाई स्पष्ट पार्न खोजेकी हुँ । किनकी अमेरिकी कठिनाइहरु सँगको भुक्तभोगी म स्वयम हुँ । अमेरिका मेरो सपनाको देश न हिजो थियो न आज छ । समयको परिबन्दले अमेरिका बगाएको एघार वर्ष भएको छ । सुरुका दिनमा मास्टर्सको डिग्रीलाई एउटा कुनामा थन्क्याएर भारतीयको पर्स स्टोरमा घण्टाको ५ डलरमा सेल्स पर्सको रुपमा काम गर्दा प्रत्येक रात आँशुले सिरानी भिजेको पीडा कि त मलाई कि त त्यो सिरानीलाई नै थाहा छ । उत्तिनै खेरी देश फर्किहालु हुन्थ्यो । हुन त समय सधैं एकनासको हँुदैन । अमेरिकामा आज सामान्य सन्तोषको जीवन यापन गरिरहे पनि नेपाल र्फकने लालसा भने यथावत छ । उसो त यहाँ सम्पन्न जीवन बिताउने नेपालीहरु पनि रिटायर्ड लाइफ उतै बिताउने इच्छा व्यक्त गर्छन् ।
अमेरिका मात्र होइन विश्वको अरु देशबाट पनि नेपाल र्फकने इच्छा म जस्तै धेरै नेपालीको हुन सक्छ । तर देशमा आउन नसकेको संविधानले कतै आउलाउ यहाँ Û भनि औंला ठड्याए झै पो लाग्न थालेको छ अहिले त । सबल पक्षको कुरा गर्ने हो भने सशक्त नियम र कानुनको देश हो अमेरिका । प्रजातान्त्रिक पद्धतिमा कानुन भन्दामाथि कोहि छैन यहाँ । नागरिक हक अधिकार जसरी सुनिश्चित छ, उसैगरी समान रुपमा लागु पनि हुन्छ । विविध जाति, धर्म र संस्कृतिको समान रुपमा संगमस्थल हो अमेरिका । शान्ति छ ,सुव्यवस्था छ यहाँ । चर्काे जाम र हड्ताल छैन ।
हो मलाई पनि विश्वकै सवल राष्ट्र अमेरिकाको बासिन्दा हुँ भन्न पाउदा गर्वलेे छाती ढक्क फुल्छ । भौतिक सुख सुविधा र अवसर छ यहाँ । यहाँ आर्जेको शिक्षा, सीपको र अनुभवको संसारमै मान्यता छ । त्यसैले नेपाली मात्र होइन संसारका सबैजसो देशका मानिसहरुको सपनामा अमेरिका छ । उच्च शिक्षा अनुसारको काम, पेसागत दक्षता , ब्यवसायिक सफलता हुनेहरुको जीवनस्तर लोभ लाग्दो छ ।
खुशी लाग्छ-यस्तो लोभलाग्दो जीवन यापन गर्ने नेपालीको संख्या बढ्दै गइरहेको छ अमेरिकामा । तर यी सबल पक्षमा धेरै नेपालीको पहुँच पुग्न समय लाग्छ । अमेरिका संघर्षका केहि दशक बिताएका नेपालीहरुको अवस्था अलिक सन्तोषजनक पाइए पनि सुरुका दिनमा संघर्ष गर्नहरुको अवस्था टिठलाग्दो छ । मानिस स्वभावैले सुखी भई बाँच्न चाहन्छ । आखिर वास्तविक सुख भनेको के हो त्यसलाई राम्ररी चिन्नु पर्ने रै'छ । महत्वाकांक्षा राख्नु राम्रो हो तर आवश्यकताभन्दा बढी महत्वाकांक्षामा भौतारिनु ठीक होइन । अमेरिकालाई स्वप्न नगरी ठान्दै कल्पनाको दुनियाँमा मग्न भएर वास्तविक रुपमा बुझ्दै नबुझी फाल हाल्नु गलत सावित भएका धेरै उदारणहरु हामी माझ छ ।
दुई महिनाको फरकमा अमेरिकामा मोहन ओली र विष्णुहरि भण्डारीले आत्महत्या गरे । अमेरिका आएर आत्महत्या गर्नेहरुूको समाचार झन बढिरहेको छ । हुन त अमेरिका आउनुपर्ने आ-आˆनै रहर र बाध्यता होला । आफ्नै देशको आर्थिक, सामाजिक र राजनीतिक पक्षले पनि धेरै हदसम्म नागरिकलाई अमेरिकातर्फ घचेट्न भूमिका खेलेको होला । जे भएपनि अनेकौ थेग्न नसक्ने गहुग्राा बोझहरुले पिल्सेर डिप्रेसनको शिकार बन्नुभन्दा नेपालमै गुन्द्रुक र भात खाएर बस्नु ठीक होइन र ? अमेरिका आएर आफ्नो ज्यानलाई आत्महत्यामा फाल्नुभन्दा बरु अभाव, बेरोजगारी र समस्याका बीच आफ्नै देशमा संघर्ष गर्न राम्रो हैन र ! टेक्सास , अमेरिका ।
Please log in to subscribe to nepalilaure's postings.
Posted on 02-17-15 9:46
AM [Snapshot: 11829]Reply[Subscribe]
Login in to Rate this Post:
1 ? Liked by
ये केटाहो कति कराई राखेको भन्या \ प्रतिभाको कदर गर्न पर्छ क्या \ उहाले सुख दुख दुवै कुरा लेख्नुभाको छ | मान्छे जति राम्री साहित्तिक रचना पनि तेतिकै राम्रो रैछ : उहा कवियत्री पनि हुनु हुदो रैछ \ एउटा राम्रो/छोटो कविता upload गर्नु भाको रैछ \ सुनम त: http://khasskhass.com/audio/sunyata.mp3
Please log in to subscribe to nepalilaure's postings.
Posted on 02-17-15 10:40
AM [Snapshot: 13406]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
गोर्खे मित्र,
जिबन-जगतको सहि यथार्थ सुन्न्यता नै हो नि होइन र ?
कतिपय अवस्थामा मा निश्चित भोगाईले मान्छेलाइ (अझ भनु कबि/लेखकलाई ) सामान्य अवस्थामा बर्णन (express ) गर्न नसकिरहेको यथार्थलाई उजागर गर्न मद्दत गर्छ \ अब उहाले त्यो कहिले अनुभब गर्नुभयो, त्यो जान्ने मलाईपनि मन थियो \
Posted on 02-17-15 2:55
PM [Snapshot: 15762]Reply[Subscribe]
Login in to Rate this Post:
3 ? Liked by
"सुरुका दिनमा मास्टर्सको डिग्रीलाई एउटा कुनामा थन्क्याएर भारतीयको पर्स स्टोरमा घण्टाको ५ डलरमा सेल्स पर्सको रुपमा काम गर्दा प्रत्येक रात आँशुले सिरानी भिजेको पीडा कि त मलाई कि त त्यो सिरानीलाई नै थाहा छ "
When I was a student, I worked in grocery stores picking up trashes, pool places cleaning pools and sweeping after the hooligans. I probably got lesser than $5/hr that you claim of, but I didn't cry at night. You know why? Because to me they were just any other job. I didn't have expectations of putting my foot on a table and landing my bums on a rotating chair. The job wasn't too hard for me to complain. The job wasn't flattering, but it sure wasn't humiliating either. As long as I was working and earning money, it wasn't humiliating to me. Disappointed are those who come here with false expectations. Nobody told me it was going to be hard, but I didn't falter when it got hard. I remember once I couldn't even pay my college tuition, but did I cry? Hell no. I dealt with it.
Keep your expectations checked, don't pay attention to the false pride. Things will slowly come to you. If they don't, big deal. Try something else. Trust me, it is 10,000 times better than complaining in a blog.
Please log in to subscribe to outofnames's postings.
Posted on 02-17-15 4:15
PM [Snapshot: 16095]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
Ocean city gayera haptako 90/100 ghanta handa ni khai afu ta kahilei royianna. tyo ghanta nahaeko bhaye ahile ko position ma kaha puginthyo ra? ahile ghumni kursi ma basda tyo din haru sarai yad auchha.yesta ganthan sunda galama hanam jasto lagchha.
Posted on 02-17-15 7:40
PM [Snapshot: 16525]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
बिटु जीको लेख ले अमेरिका मा बस्ने अधिकांश नेपालीहरुको मन को कुराहरु आफ्नो मातृभाषामा सटिक अनि सुन्दर रुपले प्रस्तुत गरेको छ | लेखले उहाको मानसिक सुन्दरता र तस्वीरहरुले तपाइको भौतिक सुन्दरता प्रस्तुत गरेको छ | दुखको कुरा कैयौं नेपाली युवाहरुको प्रवृति विदेश मा गयपछि पनि उही नेपाल मा नै बसे जस्तो छ | एस्ता नेगेटिभ सोचाइहुनेको मनमा चैन हुँदैन |
Please log in to subscribe to Sarad Grg's postings.
Posted on 02-17-15 8:15
PM [Snapshot: 17395]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
esto lekhnu xa vaney masters gari gari america kna gako tane soltini rat din america sapnama dekhera gako hola k re. bakaida snga master's gare paxi ta nepal mai kam painxa ni pet palney ta... soltini bya sya ni nagare jsto xa tmi pani ta testai typeko kt holane... hairan jindagi :-D
Posted on 02-17-15 9:12
PM [Snapshot: 17968]Reply[Subscribe]
Login in to Rate this Post:
1 ? Liked by
She needs to take a class of American history, English 101 and obviously some more classes to get at least associate degree and stop bitching about "those Bhai" whom they see around and write about it.
Please log in to subscribe to omnipresent's postings.
Posted on 02-18-15 1:05
AM [Snapshot: 20646]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
होइन यो कस्तो खालको आलेख हो, मैले बुझ्न सकिन है/ सत्य घटना मा आधारित हो कि/ यो चाही हल्का साहित्यिक, थोरै तथ्यपरक, अलिकति वास्तविक यथार्थ, लिटल बिट अफ बिटिंग अराउन्द द बुश, छुस्स उपदेशमुलक, अनि ठुस्स गनाउने खालको फेशन शो जस्तो लाग्यो है काकीको हाउ भाउ कटाक्ष हेर्दा/ (मैले काकी शब्द नै छाने किनकि यिनिलाई अनटि भनि हाल्न अलि अस्वाभाभिक झैँ लाग्यो है मलाई त) साथी भाइ हो, काका लाइ खबर गर्ने हो कि अनटिलाइ यसरि नै साझामा हावी हुन दिने
Posted on 07-18-15 4:54
PM [Snapshot: 42385]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
The problem is America has been over marketed over the world for better life, job and security which is not true. You will soon realize it once you land in USA or if you do some deeper research on the Internet. America has lots of its own problems- there is high rate of unemployment (forget about government or Internet figures all are manipulated here to create rosy pictures). Yes, there are lots of modern slavery jobs (very low paying, dirty, dangerous and difficult- where you will not find any white guys working- such jobs you have already mentioned in your articles) Even for Americans with USA degree, it is hard to get a good job- furthermore students have huge study loans (loan -credits is big story here-- search Internet). There is lots of government rules for even small things (which effects your life in every moves). There is many forms of tax and all add up to huge (federal tax, state tax, medi-aid, etc) plus there are others premiums to pay every months( health care, mobile bills-very high cost compared to Asia, Car insurance and so many other) and are controlled by state. There is no free competition for the benefit of the consumer here. I read in business book that consumers are the king, but in America it is company is the King-you can post your comment below to prove it wrong with some examples for rest. Furthermore to make the situation even worse- house rent is too high compared to what is your income(minimum wages jobs you have mentioned and it is controlled by the government/state too), that is why you will find lots of homeless people all over USA specially in big cities. You must have read income gap between rich and poor Americans online and there are more discussion, going all over the the Internet. There are many other's issue too which I don't want to mention here, you can google it. Not you have to work hard to survive here but you have to control yourself psychologically to avoid problems you have mentioned above. And biggest challenge is that everything (I mean everything...) you have to do your own, no one will help you here (even Nepalese-everyone have their own problems and everyone working hard to survive here- no time) which makes your life even harder. I know everything sound negative but what to do this is reality here- may be you can post some positive points. I know many people have left USA, but they also not tell you why they left which has misguided others.
If your life has changed from one of the lowing pay jobs to some decent ones (at-least you can save 25% of your salary after paying all your expenses and living decent USA life, working for full time (40 hours per week -not more) in last 5 years, post your story and prove this article and my comment wrong. Thanks for reading!
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.